कोहलपुरमा एमालेका लुटबहादुर रावतको हैट्रिक

२१ असार २०७४, बुधबार १८:२२
 

सदरलाइन /रुद्र सुवेदी
२१ असार, नेपालगन्ज : कोहलपुर नगरपालिकाको मेयरमा एमालेका लुटबहादुर रावतले ८० मतको अन्तरले जित निकल्दै हैट्रिक गरेका छन् । उनी २०४८ साल र २०५४ सालमा दुईपटक तत्कालिन कोहलपुर गाविस अध्यक्ष भएका पथए भन २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा पनि कोहलपुर नगरपालिकाको मेयरमा जित्दै हैट्रिक गरेका हुन ।
कोहलपुर नगरपालिकाको मत गणना सुरु भएदेखिनै रावत र उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयरका प्रत्यासी भानुभक्त बीच कडा प्रतिश्पर्दा रहयो । १ सम्मले लिड गर्दै वा पछि पर्दै अत्यमा रावतले जित्दै कोहलपुरमा हैट्रिक गरेका हुन ।
एमालेका रावतले ९००४ मतका साथ निरन्तर जित हासिल गर्दै हेट्रिक गरे । उनले २०४८ सालदेखि कोहलपुरमा निरन्तर जित्दै आएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले ८९२४ मत प्राप्त गरे ।
त्यसैगरी उप–मेयरमा नेपाली काँग्रेसकी सञ्जु कुमारी चौधरीले १००५६ मत ल्याई विजयी भईन । उनको निकटतम प्रतिद्धन्दी एमालेकी कृणा चौधरीले ९३७९ मत पाएकी थिइन । १५ वडा रहेको यो नगरपालिकामा एमाले मेयर सहित ७, नेपाली काँग्रेस उपमेयर सहित ७ र माओवादी केन्द्रले १ वडामा जित निकालेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउपालिकामा एमालेको विजय जुलुस

२१ असार २०७४, बुधबार १८:२२
सदरलाइनडटकम २१ असार, नेपालगन्ज : नेकपा एमाले खजुरा गाउपालिकामा एमालेले ठूलो जित हासिल गरेको छ । एमालेका किस्मतकुमार कक्षपतिले माओवादी केन्द्रका डम्बर विक तुफानलाई पछाडि पार्दै जित हात पारेका हुन । खजुरा गाउपालिका १ नं. वडादेखि मत गणना गर्न सुरु गरेदेखि नै उनी र एमालेबाट उप– प्रमुखका प्रत्यसी एकमाया विकले […]