एशोसिएट सम्वद्ध उद्योगी ब्यवसायीका समस्या सहजिकरण मुख्य काम : कमल कार्की

सदरलाइन संवाददाता ३२ श्रावण २०८०, बिहीबार १४:१४
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको यहि भदौं २ गते हुने निर्वाचनमा एशोसिएट सदस्य पदका उम्मेदवार कमल कार्कीले एशोसिएट आवद्ध उद्योगी ब्यवसायीहरुको हकहितका लागि अधिकतम पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्कीले पछिल्लो समय भयावह अवस्थामा रहेको बैंकिङ कसुर मुद्दादेखि भन्सार, प्रहरी प्रशासन र अन्य सरकारी तथा गैरसरकारी निकायमा सहजिकरणका लागि आफुले अधिकतम समय दिने बताए । उद्योगी ब्यवसायीहरुको हकहितका लागि बाणिज्य संघमा उम्मेदवारी दिएको भन्दै उनले उद्योग बाणिज्य संघको गरिमा बढाउन आफु चुनावी मैदानमा उत्रिएको बताए । कार्की निर्वाचनमा टंक धामी नेतृत्वको समावेशी प्यानलको तर्फबाट एशोसियट सदस्य पदको उम्मेदवारको रुपमा रहेका छन् ।


कार्की करिब डेढ दर्जन उद्योग प्रतिष्ठानको अध्यक्ष तथा प्रमुख नेतृत्वमा रहेका छन् । बागेश्वरी हिमपार्ईप एण्ड विद्युत पोल उद्योग प्रालि मार्फत ब्यवसायमा जोडिएका कार्की सिद्धबाबा हार्डवेयर प्रालि, सिग्नेट, कन्स्ट्रक्शन प्रालि, शिव शंकर बालुवा एण्ड क्रसिंग इण्डष्ट्रिज, स्टार पोलीपाईप, बागेश्वरी स्टिल स्ट्रक्चर, जय हुमान आयल स्टोर्स, न्यू बागेश्वरी सप्लायर्स, सिद्धबाबा स्टिल इन्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक प्रालि, वेष्टर्न क्रसर प्रालि कैलाली, स्वर्गद्धारी हिमपाईप दा, रामजानकी हिमपाईप जनकपुर, भागेश्वर हिमपाई बनेपा र बागेश्वरी हिमपाईप सुर्खेतको सञ्चालकको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका

३२ श्रावण २०८०, बिहीबार १४:१४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो । भूकम्पलगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर […]

सम्बन्धित