छाडा गाईबस्तु चौपायाको ब्यबस्थापन गर्न माग

९ पुष २०७३, शनिबार ०३:३८
 

सदरलाइनडटकम   
९ पुस, नेपालगन्ज : सार्वजनिक सडकमा जथाभावी छाडिएका घरपालुवा जनावरको व्यवस्थित गर्नको लागि अधिकारकर्मीहरुले नेपालगन्ज उप–महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । घरपालुवा पशु सडकमा छाडेका कारण सडक दुर्घंटना निम्त्याई धनजनको क्षति हुन सक्ने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दै यसको उचित ब्यवस्था गर्न अधिकारकर्मीहरुले माग गरेका हुन् ।
कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) तर्फबाट अधिवक्ताद्वय सुनिता शर्मा र गणेशमान केसीका साथै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले संयुक्त निवेदन मार्फत छाडा गाईबस्तु चौपायाको उचित ब्यबस्थापन गर्न नेपालगन्ज उप–महानगरपालिकाको कार्यालय, समक्ष माग गरेका हुन ।


जिल्ला प्रशासन कार्यालय बाँके र यातायात कार्यालय समेतलाई बोधार्थ दिई दर्ता गराईएको निवेदनमा नेपालगन्ज उप–महानगरपालिका भित्र चौपाया गाई, घोडा, गधा, खच्चड, साँढे, भुस्याहा कुकुर समेत जथाभावी छाडिएका कारण सार्वजनिक यातायात आवागमनमा अबरोध भैरहेको, पैदल यात्रुले हिडडुलमा हैरानी ब्यहोर्नु परेको जनाउदै कुनै पनि बेला सडक दुर्घटना भई धनजनको क्षतिहुने खतरा रहेकोले आफुहरुले त्यसको निराकरणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराएको निवेदक अधिवक्ता शर्माले बताईन । उनले भनिन–‘बाटोमा छाडा रहेका पशुको कारण सडक दुर्घटना परेका घटनाहरु दिनहुँ बढ्न थाले पछि यो पहल गरिएको हो ।’
जथाभावी छाडा छाडिएका चौपाया र जनावरका कारण बिगतमा दुर्घटना निम्त्याई धनजनको क्षति पुग्न गएको र पैदल यात्रीले ब्यहोर्नु परेको सास्ती समेतलाई मध्यनजर राख्दै स्थानीय स्वायत्त शासन ऐन २०५५ को परिच्छेद ३ अन्र्तगत दफा ९३ को जस अनुसार ब्यबस्थापनको बारेमा ध्यानाकर्षण गराएको निबेदनमा उल्लेख छ ।



उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता गौतमले छाडा पशुको कारण हजारौ जनताको सुरक्षित आवागमन, सार्वजनिक यातायातलाई सुरक्षित बनाई पशु अधिकार समेतको संरक्षण समेत गरि पाउँ भनी निवेदन मार्फत माग गरिएको जानकारी दिए ।
बाँके प्रहरीले महिनामा २ पटक बाटोमा छाडा छाडिएका पशुलाई नियन्त्रणमा लिएर फुलटेक्रामा रहेको काञ्जीहाउसमा पु¥याउने गरेको छ । तर, जरिवाना न्यून भएकोले तुरुन्तै पशुधनिले छुटाई पुनः बाटो मै छाडिदिने गर्दा समस्या जहाँको त्यही रहने गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले नगपालिकाले छाडा पशु नियन्त्रणमा ध्यान पु¥याउन नसकेपछि प्रहरीले करिव १ सय ७० वटा छाडा पशुलाई नियन्त्रणमा लिएर कुसुमको सामुदायिक जंगलमा छाडेको जानकारी दिए । उनले भने–‘छाडा पशुको कारण सडक दुर्घटना बढ्न थालेपछि नगरपालिकाले समेत चासो नदिएको कारण बाटोमा छाडेका छाडा पशु संकलन गरी जंगलमा छाडेका छौ । अव पुनः त्यस्तो अभियान सञ्चालन गर्दा दाङ्गमा रहेको स्वर्गद्वारी आश्रमसंग समन्य गरेर त्यहाँ पु¥याईदिने तयारीमा छौ ।’
यसैबीच नेपालगन्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले छाडागाई बस्तु चौपायाले पारेको प्रभाव बारे नगरपालिका सचेत रहेको र यसको ब्यवस्थापनको पहल भैरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगार छाडेर स्वदेशमै कृषिबाट मनग्य कमाउदै बुढाको परिवार

९ पुष २०७३, शनिबार ०३:३८
रुद्र सुवेदी/सदरलाइन    ९ पुुस, नेपालगन्ज : विदेसमा बगाउने पसिना र मेहनत आफ्नै ठाँउमा गर्न सके बिदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिने बाँके फत्तेपुर–८ पहलमानपुरका एक जोडिले प्रमाणित गरेका छन् । पैत्रिक सम्पत्तीका नाममा रहेको १२–१५ कठ्ठा जमिनले वर्षभरी खान नपुगे पछि पहलमानपुरका मदन बुढा घर सल्लाहले गाउमै ऋण सापटी गरेर […]