छाउप्रथाबिरुद्ध सचेतना फैलाउन अछाममा दोस्रो पञ्चदेवल महोत्सव हुँदै

१४ माघ २०७४, आईतवार १८:२५
 

सदरलाइनडटकम
१४ माघ, नेपालगन्ज : छाउपडि जस्तोे कुप्रथाको बिरुद्ध सचेतना फैलाउने उद्देश्यले अछामको पञ्चदेवल विनायक नगरपालिकामा ‘दोस्रो पञ्चदेवल महोत्सव–२०७४’ आयोजना गरिने भएको छ ।
आगामी फागुन १८ देखि २७ गतेसम्म सो महोत्सव सञ्चालन हुने भएको हो । महोत्सव मुल आयोजक समितिले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर छाउपडी प्रथाविरुद्ध सचेतना जगाउने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दियो ।
पञ्चदेवल विनायक नगरपालिकाको सहयोगमा हुन लागेको महोत्सवका पुर्वप्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको मुल आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।
उनले महोत्सवमा अछामका कला संस्कृति र परम्परागत रुपमा रहेका वस्तुभाउको प्रदर्शनी र प्रचार प्रसार गर्दै सो बाट संकलन हुने रकम पञ्चदेवल क्याम्पसको शैक्षिक विकासमा खर्च गरिने बताए । पञ्चदेवल महोत्सव सामाजिक कुप्रथा विरुद्ध सचेतना जगाउन केन्द्रित रहने उनको भनाई छ । महोत्सव सञ्चालनका लागि करिव एक करोड रुपैयाँ खर्च हुने र १ करोड २० लाख रुपैयाँ आम्दानी हुने अनुमान आयोजकले गरेको छ । उद्घाटन गर्न पुग्ने प्रमुख अतिथी र अतिथीलाई छाउपडी हुँदा महिलाहरु बस्न प्रयोग गरिने छाउगोठ समेत अवलोकन गराउने आयोजकले जनाएको छ । यसका साथै महोत्सवको मनोरञ्जनात्मक कार्यक्रममा पनि छाउपडी प्रथाविरुद्ध सन्देशमुलक गीत, अभिनय प्रस्तुत गरिनेछ ।


अछाम र सो क्षेत्रमा महिलालाई महिनावारी हुँदा अनेत्रै गोठमा बस्नु पर्ने र त्यहाँ बस्दा अत्यन्त जोखिम हुनुको साथै थुप्रै महिलाले ज्यान गुमाउनु परेको कारणले पनि सो प्रथाका विरुद्ध जनचेतना फैलाउने नै मुख्य उदेस्य रहेको नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।
महोत्सवमा नायिका रेखा थापा, गायक बद्री पंगेनी, रामजी खाँड, देउडा गायक नेत्रराज शाही, देउडा गायिका बिमला बुढा लगायत स्थानीय कलाकारहरुले छाउपडी प्रथाविरुद्ध आफ्ना प्रस्तुती दिने भएका छन् ।
महोत्सवमा अछाम कै कला, सँस्कृती, भेषभुषा, खानेकुरा, सामाग्री प्रर्दशनीमा राखिनेछ । महोत्सवमा निगालो, डालो, डोका, नाङलो, भाड, कोल, ढिकी, जाँतो, मह, घ्यु, चुक लगायत प्रर्दशनीमा राखिने अध्यक्ष धामीले बताए । महोत्सवमा करिव १ सयवटा स्टल रहने आयोजकले जनाएको छ ।

Next Post

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेमा सुवेदी

१४ माघ २०७४, आईतवार १८:२५
सदरलाइनडटकम    १४ माघ, नेपालगन्ज : एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट बामदेव सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो । संगठनको उपाध्यक्ष दानबहादुर बिसी, महिला उपाध्यक्षमा […]

सम्बन्धित