रासायनिक मलको अभावको कारण हिउँदे खेती प्रभावित हुने

२४ पुष २०७४, सोमबार १९:०२
 

सदरलाइनडटकम  
२४ पुस, नेपालगन्ज : रासायनिक मलको अभावमा बाँकेमा यसवर्षको हिउदे बाली प्रभावित हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका बालि प्रसार तथा सुचना अधिकारी धनबहादुर पुनले दिएको जानकारी अनुसार यसवर्षको हिउँदे बाली लगाउने बेलामा रासायनिक मलको अभावको कारण बालीको उत्पादनमा कमी आउने देखिएको हो ।
उनले दिएको जानकारी अनुसार बाँकेमा १९ हजार ५० हेक्टरमा गहँुको खेती गरिएको छ भने १० हजार ९ सय हेक्टरमा मसुरोको खेती, २ हजार ३ सय हेक्टरमा अडहरको खेती, र १ हजार ५ सय हेक्टरमा चनाको खेती गरीएको छ ।
उनले भने–‘आर्थिक वर्ष २०७३÷०७४ सालमा १५ हजार ७ सय ९४ हेक्टरमा गँहु खेती गरिएको थियो जसबाट ४३ हजार ४ सय ३६ मेट्रीक टन उत्पादन भएको थियो ।
१० हजार ८ सय ९५ हेक्टरमा मसुरो खेती गरिदा उत्पादन ५ हजार ६ सय ६५ मेट्रीक टन भएको थियो । २ हजार ३ सय ९० हेक्टरमा अडहरको खेती गरिएको थियो जसको उत्पादन १ हजार ८ सय १६ मेट्रीक टन भएको थियो भने १ हजार ५ सय २५ हेक्टरमा चना खेती गरिएकोमा जसको उत्पादन ८ सय ६९ मेट्रीक टन भएको थियो ।

Next Post

रुपैडिहामा सडक दुर्घटनामा दुई नेपाली घाइते

२४ पुष २०७४, सोमबार १९:०२
सदरलाइनडटकम  २४ पुस, नेपालगन्ज : भारतको रुपैडिहा बजारमा सोमबार दिउसो भएको मोटरसाइकल दुर्घटनामा दुई नेपाली नागरिक घाइते भएका छन् । सदरलाइनडटकमका सहयोगी सञ्चारकर्मी सन्तोष शुक्लाले दिएको जानकारी अनुसार भे ७ प ४५९५ नंम्बरको निलो पल्सर मोटरसाईकलमा रहेका बाँके जुगनभरियाका १८ वषिय पवन बर्मा र २२ वर्षका राकेश बर्मा गम्भीर घाइते भएका हुन […]