नेपालगञ्जका विद्यालयमा माघ ६ गतेसम्म जाडो विदा

सदरलाइन संवाददाता ३ माघ २०८०, बुधबार १७:४५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा विहीवारदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।


उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्जमा एक साता यता शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्याधिक चिसो बढ्दा पनि नागरिकले पाएनन् दाउरा

३ माघ २०८०, बुधबार १७:४५
नेपालगञ्ज : बाँकेमा चिसो अत्यधिक रुपले बढेको छ । चिसो बढेपछि जनजीवन अत्यन्त कष्टकर बनेको छ । चिसोलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न वडामा केहीदिनदेखि दाउरा बाँड्न थालेको छ । तर, सामान्य नागरिकले उपमहानगरपालिकाको दाउरा पाउन सकेका छैनन् । सर्बसाधारणलाई बाँड्ने भनिएको दाउरा उपमहानगरपालिका र वडाका जनप्रतिनिधि तथा कर्मचारीले उपयोग […]

सम्बन्धित