नेपालगञ्ज महोत्सवमा दर्शक नआउँदा व्यापारीहरूको बिजोक

सदरलाइन संवाददाता ७ पुष २०८०, शनिबार १४:२२
 

नेपालगञ्ज : नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा दर्शक नहुँदा कलाकार सँगै स्टल लिएर बसेका व्यापारीहरु पनि निराश भएका छन् ।

आयोजकले सभड्कीलो प्रचार प्रसार र पहिलो दिन स्कूलका विद्यार्थीहरू सहित को नेपालगञ्ज नगरमा र्याली गरेपनि महोत्सवमा दर्शक तान्न असफल भएका छन् ।

पहिलो दिन स्कूलका विद्यार्थीहरूको र्याली निकाले सँगै आलोचना खेपेका आयोजक दोस्रो दिनमा चर्चित कलाकार एलिना चौहानले दर्शक तान्ने आशमा रहेपनि उल्टै दर्शक नहुँदा कलाकारनै निराश भएका छन् ।

यहि ठाउँमा विगतमा आफ्नो प्रस्तुति दिन आएकी गायीका चौहान दर्शकले भरिएको चौर देख्दा खुसी भएकी थिइन तर यस पालिको महोत्सवमा दर्शक नहुँदा निराश भएर फर्किएकी छिन् ।


स्रोतले दिएको जानकारी अनुसार महोत्सवको दोस्रो दिनमा २ सय टिकट मात्रै विक्रि भएको बताईएको छ ।

महोत्सवमा स्टल बुकिङ गरेर व्यवसाय गरेका व्यवसायीहरूपनि दशर्क नहुँदा निराश बनेका छन् । स्टल लिएर बसेका एक व्यवसायीले भने पहिलेको जस्तो मेलामा व्यापार होला भनेर १७ हजार तिरेर स्टल बुकिङ गरे तर साँझ ६ बजे सम्म पनि बोहनी भएन तर शनिबार केहि हुन्छ कि भन्ने आशमा रहेको बताए ।

महोत्सवमा धेरैजसो स्टलहरू खालि छन् बुक भएका स्टलहरूमा पनि किनमेल गर्ने मान्छे छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा प्रथम माननीय किशोर सिंह राठौर क्रिकेट प्रतियोगिता शुरु

७ पुष २०८०, शनिबार १४:२२
नेपालगञ्ज : बाँकेमा ‘प्रथम माननीय किशोर सिंह राठौर यु–१६ बिद्यालय स्तरिय कप क्रिकेट प्रतियोगिता–२०८०’ शुरु भएको छ । नेपालगञ्जको मंगलप्रसाद उच्च मावि खेल मैदानमा प्रतियोगिता औपचारिक रुपमा शुरु भएको हो । आयोजक ज्योती स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीको सभापतित्वमा भएको प्रतियोगिताको प्रमुख अतिथी एवम प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका […]