कर दिवसमा बाँकेका तीन प्रतिष्ठान सम्मानित

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १३:०३
 

नेपालगञ्ज : आर्थिक वर्ष २०७८/७९ मा बाँकेमा धेरै कर बुझाउने तीन फर्मलाई १२ औं कर दिवसका अवसरमा बिहीवार आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले सम्मान गरेको छ । सेवातर्फ उपकार लद्युवित्त वित्तीय संस्था लिमिटेड, उद्योगतर्फ जयबागेश्वरी मोल्डिङ्ग उद्योग र सेवाक्षेत्रबाट पञ्चकोशी सप्लायर्स सम्मानित भएका हुन् ।

सेवातर्फ सम्मानित भएको उपकार लद्युबित्त महिलाहरुले मात्रै सञ्चालन गरेको उदाहरणीय वित्तीय संस्था हो । हरेक कर दिवसमा सेवाक्षेत्रबाट सम्मानित हुँदै आएको छ । संस्थाको अध्यक्ष शान्ती ढकाल र सिइओ शारदा पोखरेलले प्रमाणपत्र ग्रहण गर्दै प्रशंन्नता व्यक्त गरिन । कर दिवशकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा अतुल कुमार शर्मा पुरस्कृत भए ।

सरकारले मंसिर १ गतेदेखि साताब्यापीरुपमा कर दिवस मनाउँदै आएको छ । सोही अवसरमा बिहीवार समापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र प्रमुख कर अधिकृत सुदिशकुमार अर्याल लगायतका अतिथिले सम्मानित हुने फर्म एवं व्यवसायिक प्रतिष्ठानलाई प्रमाणपत्र र दोसल्ला ओढाएका थिए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल सहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु पौडेल, अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खान, आइक्यानका सिए तेजप्रकाश दिक्षीत लगायतले बोलेका थिए । उनीहरुले कर प्रशासनलाई सरल र सहज बनाउन जोड दिदै करको दायरामा आउन नसकेकालाई ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सरोकारवाला निकायले चिकित्सक, इन्जिनियर, कानून व्यवसायीलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अडानका केन्द्रीय उपाध्यक्ष खानले यिक्षेत्र अझै करको दायरामा आउन नसकेको बताउँदै भने,—‘कर तिर्नेले तिरेको ति¥यै,नतिर्नेलाई हाइसञ्चो हुनुभएन । नभएकालाई कर र कानूनी दायरामा ल्याउनुपर्छ ।’ खानले बजारमा नक्कली अडिटर समेत देखिएको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् । त्यस्ता अडिटरबाट अडिट गर्दा कुनै दिन व्यवसायी मारमा पर्न नसक्ने उल्लेख गर्दै खान भन्छन्,—‘त्यस्तो मूल्य चुकाउनु भन्दा पहिल्यै हामी सावधान हुनुपर्छ ।’

प्रमुख जिल्ला अधिकारीले करका बिषयमा कानून तोड्नेलाई कुनै पनि निकायले उन्मुक्ति दिन नसक्ने बताए । उनले समयसापेक्ष करप्रणालीको पनि विकास भइरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा धान उत्पादन बढ्यो

८ मंसिर २०८०, शुक्रबार १३:०३
नेपालगञ्ज : बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर धानको उत्पादन ३.८ मेट्रिक टन रहेकोमा यसवर्ष प्रति हेक्टर धानको उत्पादन ४.०२ […]