कोहलपुरमा नापी र मातपोत कार्यालय आगामी कात्तिक १ गतेदेखि सञ्चालनमा आउने

सदरलाइन संवाददाता २२ आश्विन २०८०, सोमबार १९:१०
 

 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा स्थापना भएको नापी र मातपोत कार्यालय कोहलपुरमा उद्घाटन भएपछि विभिन्न प्राविधिक र नीतिगत कारणले १३ महिना पछि सञ्चालमा आउने भएको छ ।


माओवादी केन्द्रकी नेत्रृ तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले कोहलपुरमा स्थापना भएको नापी र मातपोत कार्यालय उद्घाटनको करिब १३ महिनापछि आउँदो कार्तिक १ गतेबाट कोहलपुर गोलपार्कमा भाडाको घरमा दुबै कार्यालयहरू सञ्चालनमा आउने तयारी भएको बताईन ।

कोहलपुरमा सञ्चालनमा आउन लागेका ती दुबै कार्यालयहरूले कोहलपुर र बैजनाथका सबै वडाहरू र राप्तीसोनारीका १, २, ८ र ९ नम्बर वडाहरूलाई सेवा प्रवाह गर्नेछन् ।

कोहलपुरमा नापी र मातपोत कार्यालय स्थापनाभई सञ्चालनमा आएपछि यस क्षेत्रका मनिसलाई ठूलो राहत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझव

२२ आश्विन २०८०, सोमबार १९:१०
नेपालगञ्ज : सामाजिक सञ्जालका माध्यामबाट समाजलाई सद्भाव र सही दिशानिर्देस गर्न प्रयोगमा ल्याउनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले आयोजना गरेको स्थानीय प्रशासन, अधिकारकर्मी, धर्मगुरु, सञ्चारकर्मीसहितको सर्वपक्षिय छलफल कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन । गत असोज १६ गते […]