संविधान दिवसमा भेरी अस्पतालमा फलफूल वितरण

सदरलाइन संवाददाता ३ आश्विन २०८०, बुधबार १३:४४
 

नेपालगञ्ज : संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बुधवार भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसंगको समन्वयमा फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकांक्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास ब्यक्त गरे । संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उनीहरुको भनाई छ ।


फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्ष पौडेलद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

३ आश्विन २०८०, बुधबार १३:४४
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले संविधान दिवसको शुभकामना दिएका छन् । अध्यक्ष पौडेलले संविधानमा उल्लेख गरिएको मौलिक हकलाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । नेपालको संविधान उत्कृष्ट संविधान भएकाले संविधानको मर्म अनुसार नेपालमा संघीयता संस्थागत भइसकेको र स्थानीय सरकारलाई अधिकार सम्पन्न […]