अक्सिजन बुष्टर फिलिङ मेसिन सञ्चालनमा

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १५:३७
 

हुम्ला : जिल्ला अस्पताल हुम्लामा अक्सिजन बुष्टर फिलिङ मेसिन पहिलो पटक स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ मेसिन स्थापना भएसँगै अब जिल्लामै अक्सिजन उत्पादन भएर सिलिण्डरमा भरिन थालेपछि बिरामीलाई उपचारमा सहज भएको हो ।

मेसिनको जडान कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक औपचारिक कार्यक्रमबीच उदघाटन गरेक हुन् । सो कार्यक्रममा बोल्दै उनले निक्कै प्रयासका बीच अक्सिजन बुष्टर फिलिङ मेसिन स्थापना गरेर सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै अब कोही पनि जिल्लावासीले अक्सिजन नपाएको गुनासो सुन्नु नपर्ने अवस्था आएको बताए ।

यसअघि बाहिरबाट अक्सिजन भरिएका सिलिण्डर ल्याउँदा सकिएपछि बिरामीलाई समस्या हुने गरेको बताउँदै अब त्यो समस्याले बिदा लिएको उनले बताए ।


स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले चार वटा मेसिन सञ्चालनमा आएसँगै अब दैनिक ४५ लिटरको १२ देखि १३ वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने बताउए । नयाँ मेसिनबाट एक पटकमा तीन वडा सिलिण्डर भर्न सकिनेछ । उनले सिलिण्डरमा भरिएको अक्सिजनलाई सिधै बिरामीको वार्डमा पुर्याउने व्यवस्था भएकोले अब अक्सिजनको कमी नहुने बताए ।

मेसिन स्थापना हुनुअघि ठुला सिलिण्डरमा सुर्खेत र नेपालगञ्जबाट भरेर ल्याउन निक्कै सास्ती खेपेको स्मरण गर्दै उनले अक्सिजनको अभावमा धेरै बिरामी जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको बताए । उनले पहिलो कुरा अक्सिजनका लागि बजेटको व्यवस्थाका लागि पहल गर्नुपर्ने, त्यो भएपछि अक्सिजन जिल्लामा ल्याउनका लागि जहिल्यै पनि चिन्ता हुने गरेको बताए ।

मेसिनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ४५ लाख बजेट आएकोमा टेण्डर आह्वान गर्दा ३९ लाख ९० हजारमा मेसिन स्थापना गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेश सभाकी सदस्य विजय बोहराले अक्सिजन बुष्टर फिलिङ मेसिन स्थापना हुनु जिल्लाकै लागि गौरवको कुरा भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा नरैनापुरमा वृक्षरोपण

२२ भाद्र २०८०, शुक्रबार १५:३७
नरैनापुर (बाँके) : नेपाली सेनाले नरैनापुरमा वृक्षरोपण गरेको छ । गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरेर नेपाली सेनाको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले वृक्षरोपण गरेको हो । नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा रहेको रंगशाला र वडा नं. १ को आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यक्रमको श्री […]