सुर्खेतको भेरीगंगाले दीर्घरोगीलाई मासिक २ हजार दिने

सदरलाइन संवाददाता १४ माघ २०७९, शनिबार १३:५६
 

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ ।

पालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिने निर्णय गरेको छ ।


उक्त रोग भएका पीडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा प्रविधियुक्त सिनेमा हल निर्माण गर्छौ : नायक श्रेष्ठ

१४ माघ २०७९, शनिबार १३:५६
दाङ : नायक तथा अभिनेता अर्जुन श्रेष्ठले दाङमा छिट्टै आधुनिक प्रविधियुक्त सिनेमा हल निर्माण गर्ने बताएका छन् । चलचित्र पत्रकार सघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले कोरोना महामारीपछि दाङका सिनेमा हलहरु बन्द अवस्थामा रहेको हुदाँ अब ७÷८ महिना भित्र आधुनिक […]