लागु औषधसहित बाँकेमा दुई जना पक्राउ

सदरलाइन संवाददाता ३१ श्रावण २०७९, मंगलवार १५:२९
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट प्रतिबन्धित लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले बताए ।


रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्वरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदले हातमा मुठ्ठी पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले बाँकेको निर्वाचन केन्द्रित अभियान शुरु

३१ श्रावण २०७९, मंगलवार १५:२९
खजुरा (बाँके) : नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । त्यसक्रममा मंगलवार बाँकेको खजुरामा पार्टी केन्द्रीय नेताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम शुरु भएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । पार्टी अध्यक्ष कक्षपतिका अनुसार, केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, […]