लायन्स क्लव डिस्टिक ३२५ एनको सचिवालय नेपालगञ्जमा स्थापना

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १५:५५
 

नेपालगञ्ज  : सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ एनको सचिवालय नेपालगञ्जमा स्थापना गरिएको छ । एक वर्षको कार्यकाल रहने लयन्सका डिस्टिक गर्भनर सिबि चन्दले शुक्रबार एक कार्यक्रमका बिचमा सचिवालयको उद्घाटनसंगै पदस्थापना गरे ।

उनले क्लवमा लियो क्लवको संख्या बृद्धी गर्ने, आफ्नै कार्यालय भवन निर्माण गर्ने र विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धी उपलब्ध गराई उनीहरुको पढाईमा लायन्सको योगदान दिने जस्ता कार्यक्रम आफ्नो कार्यकालको मुख्य योजना भएको स्पष्ट पारे


सो अवसरमा क्लवका पुर्व डिस्टिक गर्भनर शेमराज शाक्य, मधुसूदन शर्मा रिजालले लायनबादको बिकासको लागि समाज सेवालाई मार्गदर्शन बनाउदै समाज सेवामा होमिन आवश्यक रहेको औल्याए ।

सोही कार्यक्रममै लयान्स क्लबका प्रथम भ्वाईस गर्भनर मुकुट ढकाल, द्वितिय भ्वाईस गर्भनर बिनोद श्रेष्ठ, क्याबिनेट सेक्रेटरी गोबिन्द अधिकारीलगायतका डिस्टिक पदाधिकारीहरुको पदस्थापना गरिएको थियो ।

  नेपालमा लायन्स क्लवहरु १५ वटा डिस्टिकमा विभाजन भएका छन । यी मध्ये सबै भन्दा ठूलो भुगोल र सदस्यहरु भएको डिस्टिक ३२५ एन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु

१७ असार २०७९, शुक्रबार १५:५५
नेपालगञ्ज : पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका लच्छु प्रसाद बर्माको १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित इट्टा भठ्ठाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ […]

सम्बन्धित