डुडुवामा काँग्रेस निर्वाचित

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार १५:२२
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । नेपाली काँग्रेसका नरेन्द्र चौधरी अध्यक्ष तथा साहिदा बानो उपाध्यक्षमा विजयी भएका छन् । चौधरी र बानो अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन् ।

अध्यक्ष चौधरी र उपाध्यक्ष बानोलाई जसपाका भण्डारीलाल यदाव र तरन्नुम बानोले पछ्याएका थिए । चौधरी र बानोले निकटम प्रतिस्पर्धीलाई १ हजार १ सय मतले पराजित गरेका छन् ।


योसँगै काँग्रेसले जिल्लाका दुई पालिका जितेको छ । यसअघि राप्तीसोनारी गाउँपालिका जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज १७ मा काँग्रेसका वर्मा विजयी

४ जेष्ठ २०७९, बुधबार १५:२२
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ मा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई बढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे । यस्तै जनता समाजवादी […]

सम्बन्धित