छोरीलाई यौन दुर्व्यबहार गर्ने बाबु प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २० असार २०७८, आईतवार १९:०१
 


बर्दिया : बर्दिया प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यबहारका साथै जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

बर्दिया प्रहरीले असार १८ गते राति आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपित व्यक्तिले शुक्रबार राति साढे १२ बजेतिर आफ्नै सहोदर छोरीलाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी समेत रहेका प्रहरी नाय उपरिक्षक हेमबहादुर शाहीले आफुमाथि जबरजस्ती करणी प्रयास भएको भन्दै छोरीले नै प्रहरीमा उजुरी दिएको र सोही उजुरीका आधारमा बाबुलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।

प्रहरीका अनुसार यसअघि पनि पटकपटक आरोपित व्यक्तिले छोरीलाई यौनदुर्व्यबहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गर्दै आएका थिए, तर बाबुको कर्तुतबारे बोल्दा इज्जतको डरले पीडितले कसैलाई नभने पनि यस पटक भने आफैले प्रहरीमा उजुरी दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैङकका कर्मचारी आन्दोलित

२० असार २०७८, आईतवार १९:०१
नेपालगञ्ज : नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोष बैङ्कमा कार्यरत कर्मचारीको हितमा नभएको भन्दै बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोष आफुहरुको हितमा नभएको भन्दै आइतबार कोहलपुर क्षेत्रका कर्मचारीहरु सडकमा नै व्यानर सहित विरोध जनाउदै उत्रिएका हुन् । उनिहरुले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा […]