सोमवार १४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १२:२१
 

नेपालगञ्ज : सोमवार १४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।


आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । ’भ्यालेन्टाइन डे’ को शुरुवात सन् २६९ मा इटलीको रोमबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘गठबन्धनको सहमतिमै प्रधानन्यायाधीशमाथि महाअभियोग’

२ फाल्गुन २०७८, सोमबार १२:२१
बर्दिया : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् । बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक सोमबार बिहान विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव […]