कोरोना संक्रमणबाट बाँकेका ४८ वर्षीय पुरुषको मृत्यु

सदरलाइन संवाददाता २९ आश्विन २०७८, शुक्रबार १४:४१
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाँके बैजनाथ गाउँपालिका–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज १७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार साँझ साढे ७ बजे मृत्यु भएको हो ।


योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दै

२९ आश्विन २०७८, शुक्रबार १४:४१
नेपालगञ्ज : शनिवार राती नेपालले ऐतिहासिक फुटबल फाइनल खेल्दैछ । नेपाल दक्षिण एशियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारतसँग माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको फाइनल खेल खेल्न लागेको हो । हालसम्म भएका प्रतियोगितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टिमले उपाधी जितेर इतिहास रच्ने दाउमा छ । शनिवार राति […]