दुई यात्री लिएर ‘स्पेस एक्स’ अन्तरिक्षका लागि प्रस्थान

१८ जेष्ठ २०७७, आईतवार १४:१७
 


सदरलाइनडटकम,
काठमाण्डौ : अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ । यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो ।
पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो । अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्ली रहेका छन् । उनीहरुले अन्तरिक्ष केन्द्रमा दुई महिना बिताउनेछन् । (एजेन्सी)

Next Post

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि

१८ जेष्ठ २०७७, आईतवार १४:१७
सदरलाइनडटकम, धनगढी : बाजुरा अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ । अस्पतालको आइसोलेशन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतवार बिहान मृत्यु भएको थियो । धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे । […]

सम्बन्धित