
सदरलाइनडटकम,
नेपालगञ्ज : कन्ट्याक्ट ट्रेसिङअन्तर्गत नेपालगञ्जमा स्वाब संकलनलाई तीब्रता दिइएको छ । सोही क्रममा शनिवार नेपालगञ्ज उपमहानगरपालिका ८ को महेन्द्र पार्क टोल र नगर भवन आसपासको क्षेत्र तथा ११ नं. वडाको नाका टोलबाट स्वाब संकलन भईरहेको नेपालगञ्ज उपमहानगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
शुक्रवारसम्म जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वाब संकलन हुँदै आएकोमा शनिवारदेखि नगर स्वास्थ्य शाखाको अगुवाईमा स्वाब संकलन शुरु गरिएको चन्दले बताए । चन्दले तीन ठाँउबाट करीब डेढ सय जनाको स्वाब संकलन गर्ने गरी क्याम्प सञ्चालन गरिएको जानकारी दिए ।



