सदरलाइनडटकम,
बर्दिया : हतियारसहित बर्दियामा दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ बाट दुई जनालाई बुधवार राती हतियारसहित पक्राउ गरेको हो ।
हतियारसहित खेतमा लुकिरहेको अवस्थामा मधुवन नगरपालिका वडा ७ धर्मवस्तिका ३६ बर्षीय दिल बहादुर चौधरी र ५० वर्षीय लिल बहादुर कुँवरलाई पक्राउ गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
सीमा सुरक्षा कार्यालयबाट खटिएको शसस्त्र प्रहरीले चौधरी र कुँवरको साथबाट भरूवा बन्दुक थान १, खुकुरी थान १ र बन्चरो थान १ बरामद गरेको सशस्त्र प्रहरी रत्न आचार्यले जानकारी दिए ।
