फागुनको तेस्रो साता नेपालगञ्जमा क्यान ईन्फोटेक हुने

२८ माघ २०७६, मंगलवार १८:२१
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना ,
नेपालगञ्ज  : कम्प्युटर एशोसिएसन महासंघको बाँके शाखाले आउँदो फाल्गुन २० गतेदेखि २४ गतेसम्म नेपालगञ्जमा ‘क्यान ईन्फोटेक–२०२०’ को आयोजना गर्ने भएको छ ।
मङगलबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएसन महासंघ बाँके शाखाका अध्यक्ष रमणीप्रसाद शर्माले सो कुराको जानकारी गराएका हुन् ।
सुचना तथा संचार प्रविधिको क्षेत्रमा भए गरेका विकाश तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले क्यान ईन्फोटेक–२०२० को आयोजना गर्न लागिएको उनले बताए ।
उनले ५ दिनसम्म सञ्चालन हुने सो मेलामा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्शनी, रोबोटाईज वर्कशप र टुर्नामेन्ट, नेपाली बैज्ञानिकद्वारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी, आईटी ह्याकाथुन कम्पिटिसन र सुचना प्रविधि तथा ‘विद्युतिय वित्तिय साक्षरता’ विषयमा अभिमुखिकरण र सेमिनार हुने जानकारी दिए ।
कम्प्युटर एशोसिएसन महासंघ ५ नं प्रदेशका संयोजक रोशन कँडेलले लाखौ खर्च गरेर मात्रै सिक्न र जान्न सक्ने कुरा आफ्नै दैलोमा आएकोले यस्तो सुर्वण अवसरको सबैले लाभ लिन बाँकेबासीलाई आग्रह गरे ।
क्यान ईन्फोटेकको नेपालगञ्जमा आयोजना हुन लागेको यो चौँथो संस्करण भएको र यसमा ३० देखि ३५ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको सो मेलामा १ देखि डेढ लाखसम्म अवलोकनकर्ता आउन सक्ने आयोजकले अपेक्षा राखेको छ ।
यस संस्करणमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । यस मेलामा सुचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित ९७ वटा स्टलहरु रहनेछन् । ‘प्रभु पे’ को मुख्य प्रायोजन रहेको सो मेलालाई १६ बढि कम्पनीहरुले सहप्रायोजन गरेका छन् ।
कम्प्युटर एशोसिएसन महासंघले विगत २७ वर्षदेखि नेपालमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाश, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Next Post

खजुरामा शैक्षिक महोत्सव शुरु

२८ माघ २०७६, मंगलवार १८:२१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा मंगलवारदेखि दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ शुरु भएको छ । खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी शैक्षिक महोत्सवमा अतिरिक्त क्रियाकलापका विभिन्न १७ विद्यामा प्रतिस्पर्धा भइरहेको छ । नेरा मावि […]