कोरोना भाइरसबाट मर्नेको संख्या ४२५ पुग्यो

२२ माघ २०७६, बुधबार १३:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना हो ।
यसअघि आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय ६४ जनाको मृत्यु भएको नयाँ आँकडा सार्वजनिक गरेको छ । वुहानमा मात्र करिव २० हजार पाँच सय जना प्रभावित भएको बताइएको छ ।
यसअघि सोमबार बसेको पोलिटव्यूरो स्थायी समितिले प्रकोप नियन्त्रणमा भएको कमजोरी सुधार गर्ने निर्णय भएको थियो । विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिक चीनबाट फिर्त बोलाउन थालेका छन् । तर चीन सरकारले कोरोना प्रभावित शहरहरुमा यात्रा गर्न प्रतिवन्ध लगाएको बताइएको छ ।
यता, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले विश्वभरी महामारीको रूप नलिएको जनाएको छ । डब्लुएचओले संक्रमणले माहामारीको अवस्थामा नलिएपनि जोखिमको बहुकेन्द्रित चरणमा रहेको स्पष्ट पारेको छ । विश्वका करिब दुई दर्जन मुलुकमा संक्रमण फैलिएपनि महामारीको रूपमा नरहेको डब्लुएचओको दावी छ । (एजेन्सी)

Next Post

चरेशसहित बझाङमा एकजना पक्राउ

२२ माघ २०७६, बुधबार १३:४७
सदरलाइनडटकम, बझाङ : प्रतिबन्धित लागुऔषध चरशेसहित बझाङमा एक जना पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर २ बस्ने ६० बर्षीया गगनबहादुर धामी ४ किलो ६ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ परेका हुन् । बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरि रहेका धामीको तलासी लिँदा […]