सदरलाइनडटकम,
नेपालगञ्ज : आगमी २३ गते शनिबार लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ अन्तरगत क्षेत्र नं. ६ का सबै लायन्सहरुको सक्रियतामा नेपालगञ्जमा एक दिने निशुल्क डयबेटिज (सुगर) चेक जाँच शिविरको आयोजना गरिने भएको छ ।
क्लवका बरिष्ठ सल्लाहकार लायन ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार आगामी १४ नोभेम्बर विश्व मधुमेद दिवसको अवसर पारेर यस क्षेत्रका सबै लायन्स क्लवहरुको आयोजनामा नेपालगञ्जको वेष्र्टन विजनेश कम्प्लेक्समा शनिबार बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म ल्यावसुविधा सहित निशुल्क शिविरको आयोजना गरिएको हो ।
विभिन्न समासजिक कार्यमा सक्रिय लायन्सहरुले आँखा शिविर, मुटु शिविर, स्वास्थ्य शिविर तथा विपत्तिको बेलामा तत्काल सहयागका सामाग्रिका साथ पीडितको घरदैलोमा पुगरे आफ्नो छुट्टै पहिचान बनाएको छ ।
