विद्युत कर्मचारी संघ लुम्बिनीद्वारा मेयर विष्टलाई बधाई ज्ञापन

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १६:५८
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिले बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई भेटगरी बधाई तथा शुभकामना दिएको छ ।

सो क्रममा नेविप्रा कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाप्रसाद जैसीले गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि प्राधिकरण र स्थानीय तहबीच गहिरको सम्बन्ध आवश्यक पर्ने भएकोले थप आपसी समन्वय र उच्चतम प्रतिफलका लागि ट्रेड युनियनको तर्फबाट कर्मचारी संघले पनि पूर्ण सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश अध्यक्ष जैसीले नेपालगञ्ज उपमहानगरपालिकाको विद्युत बक्योता रकमको हिसाब समर्थन, नगरक्षेत्रको बक्योता असुली लगायतका विविध विषयबारे आवश्यक जानकारी गराउँदै सहयोगका लागि मेयर विष्टसँग अनुरोध गरे ।


भेटघाटमा मेयर विष्टले गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि आवश्यक हरसम्भव सहयोग गर्ने बताए । अनियमित विद्युत कटौती नियन्त्रण गर्नुपर्ने बताउँदै उनले प्राधिकरणको स्थानीय कार्यालयसँग समन्वय तथा छलफल निरन्तर रहने उल्लेख गरे ।

सो अवसरमा नेपालगञ्जमा उपलब्ध केन्द्रीय सदस्य विष्णु केसी, पूर्व केन्द्रीय सदस्यद्वय गणेशबहादुर थापा, भवानी चन्द, प्रदेश समिति सदस्यहरु राहिल किँगरिया, अरुण बज्राचार्य, मिनबहादुर एडी, केन्द्रीय प्रतिनिधी कृष्ण पाण्डे, कृष्ण पौडेल, बालकराम सोनकर, विभिन्न इकाइका अध्यक्ष नेत्रबहादुर खडका, सुजलाल चौधरी, देवेन्द्र विक, प्रदेश प्रतिनिधी नहकुल सिँह पाण्डे, चन्द्रबहादुर बिसी, मदन गोपाल साहु तथा अगुवा कर्मचारीहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर कार्यपालिकामा काँग्रेसको बहुमत

१९ जेष्ठ २०७९, बिहीबार १६:५८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगर कार्यपालिकामा काँग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा काँग्रेसका आठै जनाले जित हासिल गरेका हुन् । नगर कार्यपालिकामा इश्वरी विक, भुपबहादुर दर्जी, नरेश बान्तवा राई, अनिता बिसी, पबित्रा थारु, सुनिता विष्ट, सुनिता सुनार र केशरी कुमारी रावत निर्वाचित […]