नेपालमा गिद्धको संख्या घट्दै

१९ भाद्र २०७६, बिहीबार १८:२१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपालमा गिद्धको संख्यामा कमी आएको एक तथ्याङ्कले देखाएको छ । बिश्वमा पाईने २३ प्रकारका गिद्धहरु मध्ये नेपालमा ९ प्रजातिका गिद्ध पाईने भएपनि पछिल्लो समय उनिहरुको सँख्या घट्दै गएको नेपाल पंंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।
११ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा बाँकेको ओभरीमा आयोजित गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालीले मानविय लापरवाहीका कारण गिद्धको सँख्यामा कमी आएको जानकारसी दिए । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको संरक्षण गर्नु अपरिहार्य रहेको जिकिर गर्दै नेपालीले गिद्ध प्रजातीके संरक्षणकालागि सबै सरोकारवाला निकायहरुले ध्यान दिनु पर्नेमा जोड दिए ।
परियोजना अधिकृत नेपालीले गिद्ध प्रजातिको इतिहास, वर्तमान अवस्था र संरक्षणमा गरिएको प्रयासका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भुमिका महत्वपुर्ण रहने भएकाले गिद्ध संरक्षणमा ध्यान दिन नेपालीले सबैलाई आग्रह गरे । प्रत्येक वर्ष ७ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाउने गरिन्छ । नेपालमा सेप्टेम्बर १ देखी ७ सम्म सप्ताव्यापी रुपमा गिद्ध दिवस मनाईदै आएको छ ।
कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन यूवराज रेग्मीले बाँकेमा पछिल्लो समय गिद्धको संख्यमा कमि आएको र गिद्ध प्रजातीकको संरक्षणकालागि निकुञ्ज र स्थानियहरुको सहयोगको खाँचो रहेको बताए । बाँके राष्ट्रिय निकुञ्ज देशकै सबै भन्दा कान्छो निकुञ्ज भएकाले पनि यहाँ उपलब्ध जनावर र पंछिहरुको संरक्षणमा स्थानिय जनताको प्रत्यक्ष सहभागीता हुनुपर्नेमा रेग्मीले जोड दिए ।
रेग्मीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ३ सय भन्दा बढि प्रजातिका चराहरु पाईने गरेको छ । नेपाल पंक्षी संरक्षण संघ लाजिम्पाट काठमाण्डौको सहयोग, बाँके राष्ट्रिय निकुञ्ज र इन्डुडेक कोहलपुरको समन्वय तथा सामुदायिक रेडियो प्रतिबोध एफएमको आयोजनामा राप्ती सोनाराी गाँउपालिकास्थित ओभरीमा गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

Next Post

अवैध गाजा फडानी गर्दै बाँके प्रहरी

१९ भाद्र २०७६, बिहीबार १८:२१
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँके प्रहरीले गाजा फडानी अभियान थालेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले जिल्लाका विभिन्न ठाउँमा आफै उम्रिएका गाजा नष्ट गरेको हो । राप्तीसोनारी–७, भेलौनियामा रहेका गाजा बिहीवार नष्ट गरिएको छ । सडकछेउको बाँझो जमिनमा गाजा उम्रिएका थिए । प्रहरी सहायक निरीक्षक प्रेमबहादुर अधिकारीको नेतृत्वको टोलीले […]