नेपालगञ्जमा वाटर सोल्युशन सञ्चालित

४ जेष्ठ २०७६, शनिबार १८:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जका दुई युवाले गणेश युनिभर्सल वाटर सोल्युशन सञ्चालनमा ल्याएका छन् । न्यूरोडस्थित सोल्युशन पसलको शनिवार नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिबन काटेर उद्घाटन गरेका हुन् ।
नेपालगञ्जका प्रकाश बन गोसाई र अभय उदासको संयुक्त लगानीमा पानी शुद्ध गर्ने मेशिनसहितको सेवा शुरु गरिएको हो । एक वर्ष ग्यारेन्टीसहित एक्वाफ्रेस ब्राण्डका विभिन्न पानी शुद्ध गर्ने औद्योगिक तथा घरेलु मेशिन विक्री वितरण शुरु गरेको सोल्युशनका सञ्चालक प्रकाशले बताए ।
करीब साढे ५ लाख लगानीमा शुरु गरिएको व्यवसायमा १९ देखि २८ हजारसम्मका मेशीन उपलव्ध रहेको उनले बताए । साथै मेशिन जडान र मर्मत सेवासमेत दिइने सञ्चालक प्रकाशले जानकारी दिए । टीडिएस प्रविधिले पानीमा रहेको फोहोर, व्याक्टेरियासमेत उक्त मेशिनबाट नष्ट हुने उनले विश्वास व्यक्त गरे ।
मिहिनेत र अनुभवले ब्यवसाय प्रभावकारी हुने भन्दै संघका अध्यक्ष बैश्यले व्यापार भनेको उपभोक्ताका लागि सेवा भएको बताए । उनले स्वदेशमै रोजगार सिर्जना होस् भन्ने उद्योग ब्यापार संघको धारणा रहेकाले संस्थागतरुपमा व्यवसाय संरक्षण र प्रवद्र्धनमा संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष बैश्यले भारतीय क्षेत्रमा सस्तो र नेपालमा महँगो मूल्यमा समान पाइने सोँच परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । उनले नेपालगञ्जको ब्यापार ब्यवसायलाई सहज र सरल बनाउने प्रयासमा संघ सदैव तत्पर रहेको उल्लेख गरे ।

Next Post

पुनमको जीवन रक्षाका लागि सार्वजनिक अपील

४ जेष्ठ २०७६, शनिबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी बोन म्यारो पीडित पुनम नेपाली ‘बादी’को जीवन रक्षाका लागि सहयोगको अपील गरिएको छ । प्लाष्टिक एनिमीयाका कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो । उपचारका लागि विभिन्न अस्पतालमा लाखौं रुपैयाँ खर्च गरेपनि अझै सुधार नआएको पुनमका पति सुरेश नेपालीले […]