बाँकेमा विप्लवका चार जनाले गरे आत्मसमर्पण

२५ चैत्र २०७५, सोमबार १७:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा हालसम्म विप्लव माओवादीका चार जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । बिप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा चार जना नेता कार्यकर्ताले आत्मसमर्पण गरेका हुन् । सोही क्रममा सोमवार बिप्लवका एक नेताले प्रशासनमै पुगेर आत्मसमर्पण गरेका छन् ।
खजुरा गाउँपालिका वडा नं. ८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनैपनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्मसमर्पण गरेका हुन् । तीन वर्षदेखि नेकपा माओवादी बिप्लवमा सहभागी रहेका खाँले पछिल्लो दुई वर्षदेखि जिल्ला सल्लाहकार थिए । स्वासप्रश्वासको दिर्घ रोगी भएकाले पार्टीको गतिबिधिमा सक्रिय हुन नसक्ने कारण आफुले आत्मसमर्पण गरेको खाँले बताए । उनलाई कागज गारए छाडिए पनि उनको गतिविधीलाई निगरानीमा राखिने बाँके प्रशासनले जनाएको छ ।
तीन छोरा र एक छोरी ठुला भइसकेका छन् र छुट्टै बस्छन्, आफु दमको बिरामी पनि भए त्यही भएर पार्टी छाडेको उनले बताए । खाँ स्थानीय तहको चुनावमा समेत पक्राउ परेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारद्धारा पार्टीमाथि लागेको प्रतिबन्धका कारण स्थानीय कार्यकर्तालाई समस्या हुँदा आत्मसमर्पण गरेको हुनसक्ने बताए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रतिबन्धपछि हालसम्म पाँच जना नेता कार्यकर्ताले आत्मसर्मपण गरेका छन् ।
स्थायी ठेगाना सल्यान भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुवंर र रुकुम चौरजहरीका गगन खडकाले आत्मसमर्पण गरेका छन् भने चार जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिए ।

Next Post

बाँके र बर्दियामा राप्रपाको धर्ना

२५ चैत्र २०७५, सोमबार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : २२ बुँदे माग पुरा गराउन दवावस्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना र प्रदर्शन गरेको छ । राप्रपा पार्टी कार्यालयबाट निस्केको जुलुश प्रशासन कार्यालयको गेटमा १ घण्टा धर्ना दिएको थियो । नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म सापेक्ष राष्ट्र घोषणा गरिनुपर्ने, राजासहितको लोकतन्त्र स्थापनाका लागि […]