कोहलपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई घाइते

सदरलाइन संवाददाता ६ असार २०८०, बुधबार १३:२१
 

नेपालगञ्ज : कोहलपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

कोहलपुरको कौसिल्या अस्पताल प्रालि अगाडि भे १२ प ७२४५ नम्बरको स्कुटीलाई भे १२ प ६६७२ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनाबाट दुवै चालक घाइते भएका छन् ।


घाइते दुवै जनाको कौसिल्या अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय योग दिवसमा कोहलपुरमा प्रभातफेरी

६ असार २०८०, बुधबार १३:२१
नेपालगञ्ज : अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा कोहलपुर नगरपालिकाले बुधवार बिहान प्रभातफेरी एवम् योग जागरण र्याली गरेको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालले भने […]