विभिन्न स्थानमा बिहीवार भारी वर्षाको सम्भावना

सदरलाइन संवाददाता ८ आश्विन २०७७, बिहीबार ०९:१८
 

नेपालगञ्ज : बिहीवार देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ ।

भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा निकै ठूलो वर्षा भइरहेको छ ।


बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् ।

Next Post

‘कोरोनालाई हल्का रुपले नलिउ यो खतरनाक छ’

८ आश्विन २०७७, बिहीबार ०९:१८
  नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतका १९ जना कोरोना मुक्त भई बिहिवार बिहान डिस्चार्ज भएर घर फर्केका छन । गत भदौ २५ गते कोरोना संक्रमित भएका चन्द १४ दिनसम्म आइसोलेसनमा बसेर बिहीबार १५ औं दिनमा कोरोना मुक्त भई घर फर्केका हुन । उनि सहित बाँकेबाट भेरी […]