रेडक्रस सोसाईटी पुरैनी र बेतहनीको सभा सम्पन्न

२६ माघ २०७५, शनिबार १६:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं सभा शनिवार सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिवार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेको हो ।
पुरैनी उपशाखा सभामा बोल्दै रेडक्रसका पूर्वकेन्द्रीय उपाध्यक्ष सनत रेग्मीले देशको बिपत तथा जोखिमपछिको उद्धार कार्यमा सबैभन्दा पहिले रेडक्रसको नाम आउने गरेको बताए । रेडक्रस यो अवस्थामा आउनुमा सबै जनसमुदायको साथ र सहयोगले नै सम्भाव भएको जिकिर गर्दै उनले जिल्ला शाखापछि स्थापना भएका उपशाखाहरुले बाँकेमा उदाहारणीय कार्य गरिरहेकोमा धन्यवाद दिए । रेग्मीले समुदायमा आइपर्ने बिपत्तिबाट बच्न तथा जोखिम न्युनिकरणका लागि अझै पनि समुदायमा सक्रिय हुनसके पिडित हुनेको संख्यामा कमी आउने बताए ।
सभामा बोल्दै पुरैनी उपशाखाका पूर्वसभापति तथा रेडक्रस प्रदेशसभा सदस्य राजकुमार बर्माले सबैको सहयोगमा मात्र जोखिमलाई नियन्त्रण गर्न सकिने भएकाले सबै एक हुनुपर्नेमा जोड दिए । त्यस्तै वडा नं. २२ का वडा अध्यक्ष बिद्याराम बर्माले रेडक्रस मानवीय सेवामा समर्पित भएको एक मात्र संस्था भएको हुँदा सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नु आग्रह गरे । उनले आफु्ले वडा अध्यक्षका हैसियतले भावी दिनमा उपशाखामा एम्बुलेन्स ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उपशाखा सभापति फनबहादुर गुरुङको सभापतित्वमा भएको सभामा शहिद स्मारक माध्यमिक बिद्यालय कम्दीका शिक्षक नायक भुपेन्द्र रेग्मी, अवधी पत्रकार संघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष सूर्यलाल यादव लगायतले रेडक्रसलाई बलियो बनाई दिगो समाजसेवामा समर्पित हुनुुपर्नेमा जोड दिए । कार्यक्रममा सचिव शिवकुमार बर्माले प्रगति प्रतिवेदन तथा कार्यसमिति सदस्य मिरा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै शनिवार बेतहनी उपशाखा सभामा बोल्दै डडुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादवले एक महिनाको तलव दिने प्रतिवद्धता जनाए । बेतहनीमा आयोजना भएको १४ औं उपशाखा सभामा बोल्ने क्रममा उपशाखाको भवन निर्माणका लागि आफुले एक महिनाको तलब उपशाखालाई दिने प्रतिबद्धता व्यक्त गरे ।
सभापति सोहनलाल यादवको सभापतित्वमा भएको सभामा रेडक्रस जिल्ला शाखा कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायतले उपशाखाको भवन निर्माणमा जोड दिएको उपसभापति राम हिरावन यादवले जानकारी दिए ।

Next Post

नमस्ते भिलेजमा भेलेन्टाईन स्पेशल कार्यक्रम हुँदै

२६ माघ २०७५, शनिबार १६:२३
सदरलाइनडटकम, नेपालगञ्ज  : प्रेमी जोडिहरुको लागि लक्षित गरी प्रणय दिवस अर्थात ( १४ फेबु्रअरी भेलेन्टाईन डे) को अबसरमा गनापुरको नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा हुन लागेको सो कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने बताउदै कार्यक्रमका निर्देशक ऋषि थापाले […]