दुईमुखे सर्पको व्यावसायमा कुरा नमिल्दा प्रहरी नियन्त्रणमा

२ पुष २०७५, सोमबार १८:४९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  :  वडा प्रहरी कार्यालय नेपालगन्जले रातो अन्ंधासर्प (दुईमुखे सर्प) को कारोबार गर्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसंधानको लागि डिभिजन बन कार्यालयमा पठाएको छ । यो सर्प घरमा राख्दा लाभ हुने अन्धविश्वासको कारण यो सर्पको तस्करी हुने गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको नियन्त्रणमा परेका दुई ती जना सर्प बेचेर करोड कमाउने सपना देखेर भारतबाट सर्प ल्याई बेच्न नपाउदै सर्प मरेपछि ल्याउदा खर्च भएको पैसामा कुरा नमिल्दा भएको भगडापछि उनीहरु प्रहरी नियन्त्रणमा परेका हुन ।
नेपालगञ्जको सेतुबिक चोक नजिकै आरुषि नास्ता पसलका सञ्चालक बर्दिया बढैयाताल–१ ठूलो डाँफेका ३८ बर्षिय लोकबहादुर सुनार र नेपालगञ्ज उपमहानगर–१६ का २५ बषिय मुराद साईबीच पैसाको कुरा नमिल्दा घटना बाहिर आएको हो ।
वडा प्रहरी कार्यालयमा भेटिएका सुनारले भारतको उत्तर प्रदेसको सिसैयाबाट हेर्दा रातो देखिने दुईमुखे सर्प एकलाख भारतीय रुपैया दिने सर्तमा नेपालगञ्ज ल्याई काठमाण्डौको पार्टीलाई ५० लाख भारतीय रुपैयामा विक्रि गर्ने योजना बनाई जयसपुरका साईलाई साथमा लिएर सर्प ल्याएर आएको जानकारी दिए ।
उनले भारतदेखि नेपालगञ्जसम्म सो सर्प ल्याई दिएबापत साईलाई २० लाख भारतीय रुपैया दिने सहमति भए अनुसार साईले भारतबाट नेपालगञ्ज ल्याई पुराएको तर सर्प पार्टीले नकिन्दै मरेकोले असहज भएको बताए । उनले भने–‘भारतको सिसैयाबाट सर्प लिनको लागि साईको साथमा गत मंसिर १९ गते रुपैडिहबाट गाडि रिजर्भ गरेर गयौ रुपैडिहाबाट म एक्लै नेपालगन्ज आए साईले सर्प सोही दिन राती ल्याएका हुन ।’ उनले सर्प साईले आफुलाई छाडेर गए लगत्तै हेर्दा मरेको अवस्थाको रहेकोले पार्टीले काम लग्दैन भन्दै सर्प फर्काई लैजानु भनेको तर साईले नलगी विवादमा आएको बताए ।
काठमाण्डौबाट सर्प किन्न आएको पार्टीको बारेमा कुनै पनि जानकारी नभएको र उनीहरुलाई आफ्नो पसलमा खाजा खान आउने क्रममा चिनेको बताए ।
साईले सर्प ल्याउनको लागि भारतको ग्राम प्रधान प्रेमनगरका अगैया नानपाराका रामदयाल बर्माको रोहबरमा भारतीय नागरिक रामु साकालाई ४ लाख भारतीय रुपैयाँ दिने कागजात गरी आफु आएकोले जे जसो भए पनि आफुले भारतबाट सर्प नेपालगन्ज ल्याई दिएकोले आफुले पाउनु पर्ने २० लाख भारतीय रुपैयाको माग गर्दै सुनारको पसलमा आएपछि विबाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको साईले बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जले सुनार साई र मरेको सर्प नियन्त्रणमा लिएर आवश्यक अनुसंधान पुरा गरी डिभिजन बन कार्यालय बाँकेमा पठाएको प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत आवश्यक कारवाही हुने बताए ।
यसैबीच डिभिजन बन कार्यालय बाँकेका सहायक जिल्ला बन अधिकृत टेक नेपालीले संरक्षित बन्य जन्तुहरु वसास पसार गर्न नपाईने कानून रहेकोले उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत आवश्यक कारवाही प्रकृया अगाडि बढाईने जानकारी दिए ।

Next Post

दश किलो चरेशसहित नेपाली युवक पक्राउ

२ पुष २०७५, सोमबार १८:४९
सदरलाइनडटकम, कपिलबस्तु  : कपिलबस्तुको भारतीय सीमावर्ती जिल्ला सिद्धार्थनगरमा १० किलो चरेशसहित एक नेपाली पक्राउ परेका छन् । एसएसबी ५० वी वाहिनीका जवानहरु गस्ती गर्ने क्रममा बिशेष सुचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा कृष्नानगर नगरपालिका ५ डबराका सोमदत्त कोहारलाई पक्राउ गरेको हो । उनको झोला खान तलासी गर्ने क्रममा १० किलो चरेश […]

सम्बन्धित