वडा अध्यक्ष आफै कस्सिए बाटो बनाउन

२१ भाद्र २०७५, बिहीबार १८:५६
 

सदरलाइनडटकम
राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी–९ भेलनियामा सडक हिलाम्य हुँदा यातायातका साधन चलाउन कठिनाई भईरहेको जनगुनासो आएपछि वडा अध्यक्षले आफ्नै पहलमा सडक मर्मत गर्न सुरु गरेका छन् ।
बर्षाका कारण हिलाम्य भएको हुलाकी सडक बनाउनु पर्ने जिम्मेवार गणपति कन्स्ट्रक्सनले मर्मतको चासो नलिदा राप्नी सोनारी र नरैनापुर गाउँपालिकामा पर्ने सडक खण्डका विभिन्न ठाउँमा आवतजावतमा सास्ती भएको जनगुनासो आएको बेलामा राप्ती सोनारी –७ का रामलखन थारु आफै कस्सिएका हुन ।
गणपति कन्स्ट्रक्सनले काम गर्ला भनेर कुरेर बस्न नसकिने अवस्था आएपछि भेलनिया आसपासमा सडक बनाउन राप्ती सोनारी –७ का वडा अध्यक्ष रामलखन थारु आफै कस्सिएका उनी एक सातायता सडक निर्माणमा जुटेको स्थानीय अरुण यादवले जानकारी दिए ।
स्थानीय युवाहरुलाई साथमा लिएर वडाध्यक्ष थारुले हिलाम्य सडकमा ग्राभल गरि रहेका छन् ।
उनले करिब २१ ट्रयाक्टर ग्राभेल सहयोग जुटाएर बाटो मरम्मत गरि रहेको यादवले जानकारी दिए । भेलनियामा बिग्रेको बाटो शुक्रबारसम्म तयार हुने र आवागमन सहज हुने वडाध्यक्ष थारुले जानकारी दिए । सो बाटो हुँदै नरैनपुरसम्म जानको लागि पनि सहज हुने विश्वास गरिएको छ ।  फोटो : अरुण यादव


Next Post

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित एक पक्राउ

२१ भाद्र २०७५, बिहीबार १८:५६
सदरलाइनडटकम, नेपालगन्ज : दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित नेपालगन्जबाट एक जना पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरोको टोलीले न्युरोडको होटल स्वस्तिकबाट रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको हो । अवैधरुपमा छाला विक्रीबितरणका लागि नेपालगन्ज आएका बाजुरा कात्तिकस्वामी गाउँपालिका–३ का ३५ बर्षीय जगीन्द्रबहादुर शाहीलाई पक्राउ गरिएको प्रदेश ५ का […]