चाउमिनको ठेलाबाटै घरपरिवारको गुजरा

२० श्रावण २०७५, आईतवार ११:१३
 

सदरलाइन / गीता आचार्य,
नेपालगन्ज : बाँके खजुरा गाउँपालिका–४ ई गाउँका कुमार लामिछाने दिनहुँ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडिको फुटपाथमा चाउमिनको ठेलासँगै भेटिन्छन् । चाउमिनको ठेला उनको दुखःसुखको साथी नै बनिसकेको छ । नौ जनाको परिवारमा रहेको लामिछानेको दिनचार्य विहान ५ बजेदेखि साँझ ९ बजेसम्म ठेलासंगै पौठेजोरी खेल्दै बित्ने गरेको छ ।
नेपालगन्ज–१२ मा बस्दै आएका लामिछानेले ठेलामै गरेको व्यावसयले परिवारको गुजरा मात्रै नभएर अफुलाई पनि आत्म निर्भर बनाएको दाबी गर्दै भने–‘ यो व्यावसाले गर्दा अरु संग हात थाप्नु परेको छैन । यसैबाट घरखर्च मात्र होईन छोराछोरी नातीनातिनी पढाउन पनि पुगेको छ ।’
बाटोमा व्यवसाय सञ्चालन गर्दा अनेकन दुखः र झण्झट पनि सहदै आएका ५२ वर्षिय लामिछानेले ठेलाको व्यापारबाटै सबै खर्च कटाएर दैनिक एक हजार बचत हुने बताए । बिहान ५ बजे उठेर बिहान चिया, दिउसोको समयमा मम, चाउमिन, फ्राई राईस जस्ता परिकार बनाएर बेच्छन ।
उनले बाटोमा जाँहा मानिसहरुको चहलपहल बढी हुन्छ त्यस्तो ठाँउमा व्यापार राम्रो हुने भएपनि बाटोमा बस्दा उप–नगरपालिकाको नगरप्रहरी र ट्रफिक प्रहरी आएर ठेला नराख भनेर सताउने गरेको दुखेसो पोखे । ‘मानिसहरुको चहलपहल नभएको ठाँउमा ठेला राखेर के गर्ने विक्रि नै हुँदैन । चहल पहल हुने ठाँउमा नगरपालिका र ट्राफिकले सताउने गरेको छ’–उनले भने ।
नेपालगन्ज–१२ की ५२ वर्षिया रमा गुरुङ्ग पनि लामिछानेकै प्रतिश्पर्दी व्यावसायी हुन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडिको फुटपाथमा चाउमिनको ठेला राखेर उनले पनि व्यावसायबाट ६ जनाको परिवारको भरणपोषण गरेको बताउछिन । तीन महिनादेखि चाउमिनको ठेलामा व्यवासाय गर्दै आएकी उनले दैनिक ९ सयदेखि हजारसम्म बचत गर्न सकेको बताउछिन ।
उनले आफुले गर्दै आएको काम हेर्दा सानो भए पनि परिवारको आवश्यकता धान्नको लागि ठूलो मद्दत पुगेकोले बताईन । उनले स–सानो गर्जो पनि टरेरको र आत्मनिर्भर पनि बनाएकोले सानो लगानीले पनि आफु जस्ताको गुजारा सजिलै चलेको बताउछिन ।
उनी भन्छिन्–‘बाटोको छेउमा ठेला राखेर व्यावसाय गर्न त्यति सजिलो छैन नगरपालिका र ट्राफिक प्रहरीले बारम्बार हटाउन खोज्छ हामीहरुले आफै अटेर गरेर बस्दै आएका छौ । अनेत्र जाउ भने व्यावसाय चल्दैन यो हाम्रो बाध्यता हो ।’
मथिका लामिछाने र गुरुङ्ग त प्रतिनिधि पात्र मात्र हुन उनीहरु जस्ता धेरैले फुटपाथमा विभिन्न खालका व्यावसाय सञ्चालन गर्दै आएका छन् । नेपालगन्ज उप–महानगरले फुटपाथ व्यवस्थापनको लागि पटक–पटक उनीहरुलाई हटाउने गरेको, कहिले काही ठेला र सामान नै लिएर जाने गरेको कारण व्यवसाय सञ्चालन गरे पनि त्रासै त्रासमा बस्नु पर्ने उनीहरु बाध्यता रहेको बताउछन् । उनीहरु आफु जस्ता व्यावसायीलाई व्यावसाय सञ्चालनको लागि उप–महानगरले स्थान दिनुपर्ने उनीहरुको माग छ । प्रशिक्षार्थी  

Next Post

राप्ती नदीमा पानीको सतह बढ्दै, सबै संयन्त्र तयारी अवस्थामा

२० श्रावण २०७५, आईतवार ११:१३
सदरलाइन /यदुराज मिश्र नेपालगन्ज  : शनिवार दिउँसोबाट परेको अविरल वर्षाले बाँके र बर्दियाका अघिकांश भू–भाग जलमग्न भएका छन् । बाँके र बर्दियाका नदीमा पानीको बहावसमेत बढेको छ । राप्ती नदीमा पानीको सतह बढेर चेतावनीको संकेत नजिक पुगेको छ । बाढी मापन गेज रिडर भद्रबहादुर थापाका अनुसार राप्ती नदीमा अहिले पानीको […]