खजुरा वडा नम्बर १ साक्षर

१० जेष्ठ २०७५, बिहीबार १७:५७
 


सदरलाइनडटकम
१० जेठ, नेपालगन्ज :  बा“केको खजूरा गाउ“पालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको निर्णयपछि शुक्रबार राधापुरस्थित मैटहवा माविमा औपचारिक कार्यक्रम गरी साक्षर वडा घोषणा गर्न लागिएको छ ।
साक्षर वडा घोषणा कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, जिल्ला समन्वय समिति बँकेका संयोजक अजय श्रीबास्तव खजूरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला शिक्षा समन्वय ईकाईका उपसचिव गोर्खबहादुर थापा लगायतको सहभागिता रहने भएको छ ।
वडा साक्षर घोषणा कार्यक्रम अघि बहादुरपुरचौकबाट विद्यार्थी,शिक्षक र अभिभावकसहितको उपस्थितीमा ¥याली प्रदर्शन हुने भएको छ । ¥याली मैटहवा माविमा पुगेपछि सभामा परिणत हुने वडा अध्यक्ष सुमन मल्लले जानकारी दिए ।
राधापुर सामुदायिक सिकाई केन्द्र र समृद्धिका पाइलाको आयोजनामा राधापुरलाई साक्षर वडा घोषणा गर्न लागिएको हो । साक्षर वडा घोषणाका लागि आयोजना हुने कार्यक्रममा राधापुरमा रहेका सामुदायिक र संस्थागत विद्यालयले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने भएका छन् ।
साक्षर वडा घोषणा हुन लागेको राधापुरलाई बालमैत्री वडा घोषणाको तयारी समेत गरिएको वडा सचिव चिरञ्जीवी पाण्डेले बताए ।

Next Post

कर्णाली क्षेत्रमा चार्टर उडान विहीबारदेखि बन्द

१० जेष्ठ २०७५, बिहीबार १७:५७
सदरलाइनडटकम   १० जेठ नेपालगन्ज  :  नेपालगन्जको राँझा बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान बिहीबारदेखि बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको मन्त्रीस्तरको निर्णय बमोजीम जेष्ठ १० गते देखि लागु हुने गरी कर्णालीमा हुँदै आई रहको चार्डर उडानहरु बन्द गरिएको हो । चार्टर […]

सम्बन्धित