नेपालगन्जलाई पूर्ण सरसफाई युक्त नगर बनाउन ठोस नीति आवश्यक

९ जेष्ठ २०७५, बुधबार १९:५०
 

सदरलाइनडटकम 
९ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरलाई खुला दिसा मुक्तसँगै पूर्ण सरसफाई युक्त नगर बनाउन रणनीतिक योजना तथा नीति बनाएर लाग्नु पर्ने कुरामा जोड दिईएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाद्वारा बुधबार नेपालगन्जमा आयोजित खुला दिसामुक्त नगर घोषणा तथा पूर्ण सरसफाईका लागि अभिमुखीकरण कार्यक्रमलाई उपमेयर उमा थापामगरले रणनीतिक योजनाका साथमा अघि बढेमात्र नेपालगन्ज पूर्ण सरसफाई र खुला दिसामुक्त नगर हुने बताईन ।
२३ वटा वडा रहेको उप–महानगरमा अव वडा न २२ मात्र खुला दिसामुक्त हुन बाँकी रहेकाले चाँडै नै नेपालगन्ज खुला दिसा नगर घोषणा गर्ने तयारी गरिएको हो ।
उपमेयर थापामगरले अनेकन चुनौतीका बावजुद नेपालगन्ज खुला दिसामुक्त नगर बन्न लागि रहेको भन्दै अब पूर्ण सरसफाई नगरका लागि पनि हातेमालो गर्नु पर्ने जिम्मेवारी आएको बताईन ।
उनले रणनीतिक योजना तथा नीतिका साथ पूर्ण सरसफाईका कार्यक्रम ल्याइनु पर्ने भन्दै जनप्रतिनिधिको अग्रसरताको खाँचो औल्याईन । वडा अध्यक्ष, वडा सचिव लगायतका सहभागिता रहेको कार्यक्रममा खुला दिसामुक्त अभियानका फोकल पर्सन ओवीराज आचार्यले खुला दिसामुक्तको अवस्था, अनुभव र एसएनभी नेपालका मुनबहादुर खडकाले पूर्ण सरसफाईका विषयमा प्रस्तुती देखाएका थिए ।
वडा अध्यक्षहरु विन्दु भुषण बस्नेत, जुमन खा, ओमकारनाथ मिश्र, सुनिलसिंह हमाल लगायतले पूर्ण सरसफाईका लागि सचेतना, अनगुमन र कारवाही प्रक्रियालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् । 

Next Post

कोहलपुर नगरपालिकामा सञ्चालित रोजगारमुलक तालिमको अनगुमन

९ जेष्ठ २०७५, बुधबार १९:५०
सदरलाइनडटकम १० जेठ, कोहलपुर  : कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित विभिन्न रोजगारमुलक तालिमको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । यसक्रममा दक्ष सिलाई कटाई कारिगढ उत्पादन तालिमको अनुगमन गरिएको हो । नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीसहितको टोलिले अनुगमन गरेको सो तालिममा कोहलपुर नगरपालिका भित्रका २३ जना महिला सहभागि रहेका छन् । आर्थिक […]