मिस्टर एण्ड मिस टिन नेपालगन्जको आयोजना गरिदै माघ १५ देखि अडिशन

२९ पुष २०७४, शनिबार १७:०८
 

सदरलाइनडटकम
२९ पुस, नेपालगन्ज : बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी मिस्टर एण्ड मिस टिन नेपालगन्ज प्रतियोगिता आयोजना गरिने भएको छ । मुन मिडिया हाउस काठमाण्डौले नेपालगन्जमा सो प्रतियोगिता गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
आयोजक संस्था मुन मिडिया हाउसका सञ्चालक बिजय खत्रीले बाँकेमा अध्ययनरत १३ वर्षदेखि १९ वर्षका किशोर तथा किशोरीबीच लुकेर रहेको सौन्दर्य र प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतिश्पर्दा गराईने जानकारी दिए ।
उनले मुन मिडिया हाउस नेपालगन्ज शाखा कार्यक्रमको मुख्य आयोजक हुने कार्यक्रम अडिसन, ट्रेनिङ्ग, ट्यालेन्ट र फिनाले गरी चार राउण्डमा प्रतियोगिता सम्पन्न हुने बताए ।
आगामी माघ १५ गतेदेखि अडिशन सुरु गर्ने गरी तयारी अघि बढाएको जानकारी दिदै आयोजकले अडिशनको लागि आवेदन शुल्क २ सय राखेको र सेलेक्ट भएपछि डे«श आफैले व्योहोर्ने भए ५ हजार ड्रेस सहित ७ हजार शुल्क लिने जानकारी दिएको छ ।
टिन नेपालगन्जको उपाधी जित्नेले नगद २० हजार, फस्ट रनरअपले १० हजार र सेकेन्ड रनरअपले ५ हजार पुरस्कार पाउने छन् । उपाधी जित्नेले यसको अलवा अन्य सुविधाहरु समेत पाउने गरी गहकार्य अघि बढाएको पत्रकार सम्मेलनमा जनाकारी गराइएको थियो ।
मुन मिडिया हाउस नेपालगन्ज शाखाकी संयोजक सृष्टी वलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा टिन सुर्खेतका आयोजक त्रिभुवन ढकाल, र धिरज हमाललगायतको सहभागिता रहेको थियो ।


 

Next Post

कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजा ‘भिभो’ ब्राण्डको स्मार्टफोनको आधिकारिक बिक्रेता

२९ पुष २०७४, शनिबार १७:०८
सदरलाइनडटकम २९ पुस, नेपालगन्ज :  नेपालगन्जको सेतु विकचोकमा सञ्चालनमा रहेको कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजाले ‘भिभो’ ब्राण्डको स्र्माटफोनको अधिकारीक बिक्रि बितरण सुरु गरेको छ । ‘भिभो’ ब्राण्डका विभिन्न मोडलका स्मार्टफोनको आधिकारिक विक्रिको लागि कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजाले आगामी एक महिना भित्र सर्भिस सेन्टर समेतको स्थापना गर्ने गरी डिलरसिप लिएको सञ्चालक थमप्रसाद कंडेलले जानकारी […]