डुडुवा गाउँपालिकासँग सूचना माग

७ भाद्र २०७७, आईतवार १६:३४
 

डुडुवा (बाँके) : बाँकेको डुडुवामा खबरदारी गर्न गठित संघर्ष समितिले गाउँपालिकासँग सुचना मागेको छ । गाउँपालिकामा सूचना अधिकारी को भन्ने यकिन नभएपछि सूचना माग गर्न गएको डुडुवा संघर्ष समिति केहीबेर अलमलमा परेको थियो ।

समितिका संयोजक तथा डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्र कडाईका साथ प्रस्तुत भएपछि बताइएका सूचना अधिकारी संजयकुमार कर्णलाई सूचना मागको निवेदन बुझाइएको हो ।

नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धीको ऐन २०६४ को दफा ३ अनुसार चार बुँदे निवेदनमार्फत गाउँपालिकासंग सूचना माग गरिएको संघर्ष समितिका प्रेस संयोजक सूर्यलाल यादवले जानकारी दिए । राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय बाँकेलाई सूचना मागको बोधार्थ दिइएको उनले बताए ।


तर सूचना माग गरेपछि गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले कुन कानून, कुन नियमअनुसार सूचना माग गएिको भन्दै समितिका सदस्यलाई हप्काउँदै अपशब्दसमेत बोलेको समितिका सदस्य राजेन्द्र बिकले बताए ।

निवेदनमार्फत गाउँपालिकामा रहेका निजामति, करार, ज्यालादारी वा अन्यको नाम, पद तथा तलब स्केलको विवरण, आर्थिक वर्ष २०७६/०७७ मा खर्च विकास बजेट र कुन कार्य, कति रकम, कहाँ खर्च भएको, उक्त कार्यका जिम्मेवार व्यक्तिको नाम (उपभोक्ता समिति) समेतको विवरण, आर्थिक वर्ष २०७४/०७५, आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन र गाउँपालिमा भएका सवारी साधान, प्रयोग गर्ने व्यक्ति, उक्त सवारी साधानमा गत वर्ष खर्च भएको इन्धन विवरण तथा मर्मतमा खर्च रकमको विवरण माग गरिएको छ ।

साथै निवेदन किन दर्ता गरिएको भन्दै सूचना अधिकारी भनिएका कर्णलाई समेत अध्यक्ष चौधरीले हप्काएको संघर्ष समितिले जनाएको छ ।

Next Post

क्वारेन्टाइनमा बसेका पाँच वर्षमुनीका बालबालिकालाई पौष्टिक आहार

७ भाद्र २०७७, आईतवार १६:३४
नेपालगञ्ज : कोभिड–१९ को महामारीबाट जोगिन नेपालगञ्ज उपमहानगरपालिकाद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा संचालनमा ल्याएको क्वारेन्टाइनमा रहेका ५ वर्ष मुनिका बालबालिका र आमालाई लक्षित गरी पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको साझेदारीमा सामुदायिक शसक्तिकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम मार्फत बाँके जिल्ला शाखामा संचालित […]