‘नेपालगन्ज कप’ क्रिकेटको टाईटल स्पोन्सरका लािग आर्शिवाद पेन्ट्ससँग ८ लाखमा सम्झौता

२९ चैत्र २०७४, बिहीबार १७:३७
 

सदरलाइनडटकम
२९ चैत, नेपालगन्ज : आगामी बैशाख ३ गतेदेखि कोहलपुरमा आयोजना हुने ‘नेपालगन्ज कप’ क्रिकेटको टाईटल स्पोन्सर आर्शिवाद पेन्ट्सले गर्ने पक्का भएको छ । आयोजक ग्रीन ईभेन्टोसंग बिहीबार एक कार्यक्रमबीच आर्शिवाद पेन्ट्सबीच टाईटल स्पोन्सरको सम्झौता भएपछि सो कुराको पक्का भएको हो ।
आयोजक ग्रीन इभेन्टोसँग आर्शिवाद् पेन्ट्सले ८ लाख रुपैयाँमा टाईटल स्पोन्सरको सम्झौता गरेको जानकारी आयोजकले दिएको छ । सम्झौतासँगै प्रतियोगिता ‘आर्शिवाद् पेन्ट्स नेपालगन्ज कप क्रिकेट’ नामाकरण हुने बताईएको छ । आर्शिवाद पेन्ट्सले नेपालगन्जबाटै पेन्ट उत्पादन गर्दै आएको छ ।
सम्झौतापत्रमा टाईटल स्पोन्सर आर्शिवाद् पेन्ट्सका म्यानेजिङ डाईरेक्टर दुर्गाप्रसाद चौलागाईं, ब्राण्ड म्यानेजर सरोबर प्रसाई तथा आयोजक ग्रीन इभेन्टोका म्यानेजिङ डाईरेक्टर मोहम्मद रफी र इभेन्ट डाईरेक्टर सौगात बिक्रम शाहले हस्ताक्षर गरेका थिए ।
टाईटल स्पोन्सर सम्झौता सार्वजनिक गर्न आयोजित कार्यक्रममा आर्शिवाद पेन्ट्सका म्यानेजिङ डाईरेक्टर चौलागाईंले आफूहरुले क्रिकेटको विकासका लागि थोरै भएपनि योगदान गर्न सकिन्छ कि भन्ने उद्देश्यले टाईटल स्पोन्सरसीप लिएको बताए ।
उनले स्थानीयतवरमा हुन लागेको प्रतियोगिताप्रति अपनत्व महशुस गर्दै टाईटल स्पोन्सर लिएको दाबी गरे ।
सो अवसरमा ग्रन इभेन्टोका म्यानेजिङ डाईरेक्टर रफीले प्रतियोगिता घोषणापछिका दिनमा निरन्तर सबैतिरबाट सहयोग प्राप्त भईरहेको भन्दै प्रतियोगितासँग जोडिने सबैप्रति आभार प्रकट गरे ।
बैशाख १२ गतेसम्म संचालन हुने सो प्रतियोगिता टी–२० फम्र्याटमा संचालन हुने प्रतियोगितामा अक्सन प्रणालीबाट बिक्री भएका ६ वटा टीम सहभागि हुँदैछन् । प्रतियोगितामा सहभागि हुन खेलाडीहरु कोहलपुर आईपुग्ने छन् ।ग्रीन इभेन्टोका इभेन्ट डाईरेक्टर शाहका अनुसार प्रतियोगिताको तयारी करिब–करिब अन्तिम चरणमा पुगेको छ । मैदान सम्याउने र पीच बनाउने काम पनि करिब–करिब पुरा भईसकेको बताईएको छ । 

Next Post

प्रदेश ५ को बजेट शुक्रबार आउने

२९ चैत्र २०७४, बिहीबार १७:३७
सदरलाइनडटकम २९ चैत, नेपालगन्ज : प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्मको आवधिक वजेट भोलि प्रदेशसभा बैठकमा पेश गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले चालु आर्थिक वर्ष ०७४र७५ को बाँकी अवधिको राजस्व र व्ययको अनुमानित वजेट वक्तव्य प्रदेश सभाको वैठकमा पेश गर्नका लागि स्वीकृत गरेको सरकारका प्रवक्ता […]