प्रदेश नं. ६ : माओवादी केन्द्रको संसदीय दलको नेतामा शाही

२५ माघ २०७४, बिहीबार १८:४४
 

सुर्खेत, २४ माघ ।

नेकपा माओवादी केन्द्रले प्रदेश नं. ६ को संसदीय दलको नेता छनौट गरेको छ । आज बसेको संसदीय दलको वैठकले सांसद महेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको माओवादी केन्द्रका सांसद विन्दमान विष्टले जानकारी दिए ।

संसदीय दलको नेता चयन भएसँगै शाहीलाई मूख्यमन्त्री बन्ने बाटो खुलेको छ । पूर्वमन्त्री समेत रहेका शाहीले प्रदेश नं. ६ को मूख्यमन्त्री दावी गर्दै आएका छन् ।

मुख्यमन्त्रीका अर्का आकांक्षी नरेश भण्डारीले पनि संसदीय दलको नेतामा आफ्नो दावी गर्दै आएका थिए । तर अन्तिममा भने महेन्द्रबहादुर शाहीको नाममा सहमति जनाएका छन् ।


एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश नं. ६ को मूख्यमन्त्री माओवादी केन्द्रले पाउनेछ । ४० सदस्यीय प्रदेशसभामा माओवादीका १३ जना सांसद छन् ।

यो प्रदेशमा नेकपा एमालेले पनि आजै संसदीय दलको नेता छनौट गरिसकेको छ । एमालेले पूर्वमन्त्री यामलाल कंडेललाई संसदीय दलको नेता चयन गरेको हो ।

नेपाली कांग्रेसले भने केही दिनमै टुंगो लगाउने गरी छलफल गरिरहेको बुझिएको छ ।
(साझा बिसौनीबाट)

Next Post

मापदण्ड विपरित सञ्चालनमा रहेका तीन औषधि पसलमा तालाबन्दी

२५ माघ २०७४, बिहीबार १८:४४
सदरलाइनडटकम  २५ माघ, नेपालगन्ज : बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालनमा रहेका ३ वटा औषधि पसलमा औषधि व्यवस्था विभागले तालाबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका उक्त पसलहरुलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको टोलीले शिलबन्दी गरेको हो । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसहित सरोकारवालाहरुको टोलिले राँझा, नेपालगन्ज मेडिकल कलेज […]