प्रदेश ६ : किन दिइएन जेष्ठ सांसदलार्इ सेवा ?

२१ माघ २०७४, आईतवार ०८:१५
 

सुर्खेत, २१ माघ । प्रदेश नम्बर ६ का जेष्ठ सांसद हिमबहादुर शाहीले माघ ७ गते जिल्ला समन्वय समितिको हलमा प्रदेश सांसदलाई सपथ खुवाए । प्रदेशका जेष्ठ सदस्यका हैसियत अनुरुप शाहीले प्रदेश ६ का ३९ जनालाई सपथ खुवाएका थिए ।

यति मात्रै हैन, जेष्ठ सांसदले प्रदेश सभामुख नछानिदासम्म बैठक समेत उनकै नेतृत्वमा बस्दैछ । जेष्ठ सांसदले सपथ खुवाएकै दिनदेखी राज्यले सरकारी सेवा उपलव्ध गराउनु पर्ने हो । अर्थात सभामुख सहर उनले सेवा पउनु पथ्र्यो । तर यहाँका सहकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले समेत उनीतर्फ ध्यान दिएनन् ।

झण्डै १४ दिनसम्म शाहीको सुरक्षा र पाउनु पर्ने अन्य सरकारी सेवाबाट बञ्चित भए । चियागफमा जेष्ठ सांसदले सरकारी सेवा किन दिएनन् भन्दै चर्को आलोचना समेत भयो ।

यो अवधिमा उनको सुरक्षा र सेवा बारे कसैले चासो देखाएनन् । केही दिन अघि मात्रै संसद सचिवालयका सचिव कृष्णहरी खड्काको टिमले जेष्ठ सांसदले सरकारी सेवा पाए वा नपाएको बारे खोजी गरे ।

उनले जेष्ठ सांसदकै नेतृत्वमा पहिलो बैठक आह्वान हुने भएकाले सवारी र अंगरक्षक खटाउन जानकारी समेत गराए । तर कसैले पनि संसद सचिवालयको आग्रह टेरेनन् । जेष्ठ सांसद शाही हिडेरै वीरेन्द्रनगरमा यता उती गरेर दैनिकी बिताए ।

शनिवार प्रदेश ६ को संसद भवनमा नमुना बैठकमा सरिक हुन भन्दै शाही संसद भवन जाँदै गरेको प्रहरीले देख्दा तत्काल अंगरक्षक खटाउन निर्देशन जारी ग¥यो । केही बेर संसद भवनको अवलोकन गरेका शाही फर्कदै गर्दा सुरक्षाकर्मीले  भने,–‘गाडी र अंगरक्षक पठाउने व्यवस्था मिलाएका छौं सर ।’


शाहीले शान्त स्वभावमा भने,–‘भो पर्दैन ! म यत्तिकै गइहाल्छु, बरु भोली विहान ९ बजे मेरो कोठामा लिन पठाउनुहोला ।’ यत्ति शव्द भन्दै गर्दा शाहीको अनुहारले यतिका दिनसम्म वास्ता नगर्ने हिडेरै संसद भवनमा आइपुग्दा तमझम गर्नु कुनै तुक छैन भन्ने भाव झल्किन्थ्यो ।

संसद भवनबाट बाहिरीदै गर्दा परिसरमै रहेका अन्य सांसदहरुले ‘जे भएपनि उहाँ हाम्रो जेष्ठ सांसद र नयाँ सभामुख नछानिदासम्मको उहाँ न‌ै सभामुख हो कम्तीमा यो विषयमा राजयले ध्यान दिनु पर्छ नि’ भन्दै एक आपसमा कुरा गरे ।

कहाँ भयो भूल ?
जेष्ठ सांसदले सपथ खाएकै दिनदेखी गाडी र अंगरक्षकको व्यवस्था सरकारले गर्नु पर्ने रहेछ । तर प्रदेशको जेष्ठ सांसदले नै अन्य सांसदलाई सपथ खुवाउने र सभामुख नछानिदासम्म उनैले बैठक आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

यद्यपी राज्यले प्रदेशका जेष्ठ सांसदलाई सभामुख नछानिदासम्म सेवा दिनु भन्ने कुनै निर्देशन नआएकाले सेवा दिन आफूहरुले नसकेको अधिकारीहरु बताउँछन् ।

‘माथिबाट कुनै परिपत्र वा निर्देशन आएको छैन्, हामीले व्यवहारिकत् उहाँको सुरक्षाका लागि अंगरक्षक खटाउन लागेका थियौं’ एक सुरक्षाअधिकारीले भने,–‘स्पष्ट रुपमा माथिबाटै आदेश भएको भए हामी सपथ खाएकै दिनदेखी उहाँको सुरक्षामा खटिन्थ्यौं तर कुनै जानकारी आएन ।’

साभारः पश्चिमनेपाल डटकमबाट

Next Post

२१ माघ २०७४ आइतवारको राशिफल

२१ माघ २०७४, आईतवार ०८:१५
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हिला मित्र बाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर […]

सम्बन्धित