लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय उद्घाटन साथै घरदैलो

२५ कार्तिक २०७४, शनिबार १९:२३
 

सदरलाइनडटकम
२५ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनले बाँकेमा प्रचार अभियानलाई तिव्रता दिएको छ ।
निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि कागे्रस र राप्रपा सम्मिलित गठवन्धनका तर्फबाट शनिबार नेपालगन्ज–२ मा प्रचारप्रसार कार्यालय स्थापनासहित घरदैलो अभियान शुरु गरिएको छ ।
क्षेत्र नं.२ मा प्रतिनिधिसभाका उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद तथा प्रदेशसभाका लागि नेपाली कांग्रेसतर्फका उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिंह सजापति लगायतका उम्मेदवारको प्रचार प्रसारका लागि कार्यालयको औपचारिक उद्घाटन गरिएको राप्रपाका यूवा नेता ऋषिराज देवकोटाले जानकारी दिए ।
काँगे्रस नेपालगन्ज उप–महानगर सभापति प्रशान्त विष्ट, काँगे्रस बाँके पुर्व कोषाध्यक्ष अच्युतप्रसाद प्रसाई लगायतका नेतागण तथा कार्यकताको बाक्लो उपस्थितिमा एक समारोहबीच राप्रपाका महामन्त्री तथा नेपालगन्ज उप–महानगरका मेयर डा धवल शमशेर राणा, काँगे्रस बाँके उपसभापति सुनिलनरसिंह राणा र काँगे्रस नेतृ उत्तम हमालले रिवन काटेर कार्यालयको उदघाटन गरेका हुन । कार्यालय उदघाटन लगत्तै प्रचारात्मक व्यानर र नारासहित नगर परिक्रमा गरिएको थियो । उम्मेदवारले मतदातामाझ हात जोडर मतदानको अपील गरि रहदा स्थानीयले स्वागत गरेका थिए ।
उममेदवारसहतिको गठवन्धन समूह प्रचारका लागि सडक र घरदैलो पुगेपछि स्थानीयले खुसीका साथ स्वागत गरेका थिए । घरबारी टोल, बागेश्वरी मोड, त्रिवेडीमोड हँदै भेरी भेरी अञ्चल अस्पताल हँुदै पुनः त्रिभुवन चौक पुगेर सभामा परिण भएको थियो ।
सभामा उम्मेदवार हमाल, राप्रपा महामन्त्री राणाले लोकत्रान्त्रिक शक्तिलाई जिताउनु समयको आवश्यक्ता भएको भन्दै विजयी गराउन मतदातालाई आहवान गरेको प्रदेश सभा क्षेत्र न २ ख निर्वाचन परिचालनका संयोजक सुनिल सिंह हमालले जानकारी दिए ।
यस्तै क्षेत्र न ३ का काँगे्रसका प्रतिनिधी सभा उम्मेदवार बादसाह कुर्मी र प्रदेश सभा सदस्य उम्मेदवार लक्ष्मीनारायाण शाहलाई विजयी गराउन खजुरा ५ मा प्रचार प्रसार कार्यालय उदघाटन गरिएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघिय समाजबादी फोरम नेपालका उम्मेदवार राईले भने बाम गठबन्धनले देश दुर्घटनामा जाँदै

२५ कार्तिक २०७४, शनिबार १९:२३
सदरलाइनडटकम २५ कात्तिक, नेपालगन्ज : सघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मो.इतियाक राईले बामगठबन्धनले देशलाई दुर्घटनामा लैजाने बताएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि चुनाबी प्रचारको अभियानलाई तीब्रता दिदै पूर्वमन्त्री राईले सो कुरा बताएका हुन । प्रतिनिधि सभा क्षेत्र नम्वर २ […]