जनतासहयोगको आशा गर्दै, सरकार दिल्ली वनभोज जाँदै

७ भाद्र २०७४, बुधबार १८:४५
 

पटक पटक हामी नेपाली माथि नै विभिन्न कारणले असहज परिस्थिको सिर्जना हुने गर्छ । या बाढीले होस् या पहिरो अनि भुकुम्प या बिभिना रोगले या त अस्थिर राजनीतिको भाइरसले पटक पटक हामी नेपाली माथी नै यस्ता खेल खेलिरहेको हुन्छ । यस्ता असहज परिस्थितिलाई कसरी नियुनिकरण गर्न सकिन्छ भन्ने राज्यको दायित्व हो वा तत्कालीन सरकारको दाइत्व हो।


तर यो देशमा जो जस्ले सरकारमा रहि सरकारको बागडोर हातमा लिए पनि तिनीहरु बाट नै गद्दार भएको देखिन्छ या २०१६ मंसिर १९ गते बि पि ले गरेको गण्डकी गद्दारि होस् या १२ बैशाख २०११ को र २०४८ को गिरिजा प्रसादले गरेको गद्दारि होस् यस्ता धेरै गद्दारि सरकारमा रहि विभिन्न पार्टीका ब्याक्तित्वहरुले गरेको स्पष्ट रुपले देखिन्छ। विभिन्न तरिकाबाट घोटाला र भ्रष्टाचारले आफ्नो सुखसयल मोजले मात्त्येका भाइरसहरु अहिले पनि जस्ताको तस्तै छन्। यिनिहरुलाइ कुनै तन्त्र आए पनि नआए पनि केही फरक पर्ने वाला छैन । किनकी पवर र सरकारका प्रमुख अङ्गमा आसिन रहेका यिनकै पाल्तुहरु छ्य्पछ्याप्ती पाहिन्छन आदेश दिए जे पनि गर्न सक्छन् ।यति बेला पुर्ब मेचीदेखि पश्चिम् महाकाली सम्माका१५० बढीको मिर्त्यु भैसकेको छ भने हजारौं जनता घरबार बिहिन भएका छन भने कयौं बेपत्ता छन् उनिहरुलाइ सरकारको खाचो छ सहयोगको खाचो छ र रात बिताउने झोपडि नभए पनि एउटा प्लाष्टिकको तिर्पालको खाचो छ उता नेता र मन्त्रीहरु सरकारी गाडी वा हेलिकप्टर प्रयोग गरेर बाहिरको दृश्य क्यामरामा कैद गर्न बाहेक अरुकेही गर्ने आट सम्म देखाउदैन ।अनि एउटा सभामा पुगेर उफ्रिनु उफ्रदै महान वाणि प्रयोग गर्छ ।यो एउटा हामी सम्पुर्ण नेपालिको लागि बिडमबाना हो।ता कि हामिले यस्ता भुस्य्हा नेता रोजेर पठाएछौ।
अहिले जति पनि तराईमा जिउधनको क्षेति भएको छ तेस्को प्रमुख कारण ती रास्ट्रघाती सम्झौता हुन। जस्ले हरेक बर्ष हाम्रो दाजुभाइको ज्यान गएको छ ठुलो धनजनको क्षेति हुन्छ ।अनि हामी conservative मनस्थिति बोकेकाले तिनी रास्ट्रघातिहरुको जय जयजयकार गर्दै भजन गाउँछौँ।आज देशको हालत एकातिर छ भने जनता असहज परिस्थितिमा एक पोका चाउचाउको भरमा रात गुजारिरहेका छन तर सरकारको नायक तेहि तल डुबानमा परेका जनताको माथिबाट सरकारी विमान चडेर दिल्लीको बनभोज खान जादैछ उसलाई आफ्नो देशका जनताको कुनै मतलब छैना। मात्रै पराइको पुजा गर्ने चलन छ र यो प्रचलन चलाइरहेको छ जो आउँछ दिल्ली, शरणम, जो आउछ दिल्ली ,शरणम, अब यस्तो एउटा रुढीबादी conservative अन्त्य होस्। यदि सरकार त भित्र दम छ भने कोशी ,गण्डकी ,र महाकालीका रास्ट्रघाती सम्झौतालाई खारेज गरेर देखाउने आट गर ! यस्ता धेरै ठाँउमा गैरकानुनी रुपम एकतर्फी बाध बादिएका छन यिनिहरुको बारेमा कुरा राख्ने आट गर होईन भने दिल्लीको कलो खाना मात्रै गएर केहि हुनेवाला छैना।अब अति भैसकेको छ जनताले कुनै दिन टुडिखेलमा ल्याएर तिमी रास्ट्रघातिलाइ, बाली, दिने दिन नआहोस। यो रास्ट्र कसैका बाबुको निजि फुलबारी होइन ता कि जस्ले जस्तोसुकै मनमर्जि गरोस् यहाँ रहेका हरेक धर्म ,जाती र भाषिकको साझ फुलबारी हो।पराइको मुख ताकेर बाच्न कतिदिन सकिएला र! लम्पसार परेर केही हुनेवाला छैना जति ढाक छोप गरे पनि तिमीहरू भारतीय पाल्तु कुकुर हौ भन्ने आम नेपाली जनताले बुझिसकेका छन्। यदि जनताले चाहेको जस्तो भयो भने भोलि अवस्था के होला। पुजीवादीका शिष्यहरुले रूस, भियतनाम,को इतिहास र अन्य पुजीवादी तत्वहरुले भोगेको अध्यन गरेर ध्यान दिउन।

नवराज शाही (नेपालगन्ज बाँके) हाल दोहा कतार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ऋषिपञ्चमीमा सप्तऋषिको पूजा आराधना गरी मनाइयो

७ भाद्र २०७४, बुधबार १८:४५
सदरलाइनडटकम  १० भदौ, नेपालगन्ज  : हिन्दू महिलाहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउदै आएको ऋषिपञ्चमी शनिबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । हिन्दू महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी शरिरलाई […]