मधेशी मोर्चाले नेपालगन्जमा निकाल्यो बिरोध र्याली

३१ चैत्र २०७३, बिहीबार १९:४४
 

सदरलाइनडटकम 
३१ चैत, नेपालगन्ज  : निर्वाचन बहिष्कार गरी आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार तराईका सबै जिल्लामा विरोध ¥याली गरेको छ । सोही कार्यक्रम अनुसार मोर्चा बाँकेले पनि नेपालगन्ज उप–महानगरपालिकामा विरोध ¥याली निकालेको छ ।
नेपालगन्जको महेन्द्र पार्कबाट निकालिएको ¥याली राँझा एयरपोर्ट, बसपार्क, धम्बोझी, बीपी चोक हुँदै जमुनहा पुगेर विरोधसभामा परिणत भएको थियो । निर्वाचनको विरोधमा मोटरसाइकल ¥याली निकालिएको मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्रले जानकारी दिए ।
¥याली समापन कार्यक्रममा बोल्दै मोर्चाका नेताहरुले मधेशी मोर्चाको माग सरकारले वेवास्ता गरे आन्दोलन झन सशक्त पार्ने चेतावनी दिएका छन् । विरोध सभामा तमलोपा सहमहामन्त्री मिश्र, संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राई, कौशल मिश्र, तमलोपा बाँके अध्यक्ष गिरिजाप्रसाद पाठक लगायतका नेताले सम्बोधन गरेका थिए ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गर्दै स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संशोधन प्रस्तावले सीमांकानलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको छ ।
तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बुधबार बसेको मोर्चा बैठकले संशोधन प्रस्ताव अस्वीकार गरी आन्दोलनमा जाने निर्णय गरेको हो । मोर्चाले मधेसका सबै जिल्लामा जुलुस निकाल्ने, वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा यसरी मनाईयो दोस्रो राष्ट्रिय झण्डा दिवस(फोटो सहित )

३१ चैत्र २०७३, बिहीबार १९:४४
सदरलाइनडटकम                   १ बैशाख, नेपालगन्ज : राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाईएको छ । अन्तरालको व्यवस्थापनमा यो दोस्रो राष्ट्रिय झण्डा दिवस मनाईएको हो । गत वर्षदेखि नयाँवर्ष अर्थात बैशाख १ गतेको दिन राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो । राष्ट्रिय झण्डा दिवसको अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र […]