थ्रेस होल्डको बिरोध गर्दै साना १० दलहरु एक हुने

१३ चैत्र २०७३, आईतवार १६:५९
 

सदरलाइनडटकम  
१३ चैत, काठमाडौं : थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् । आईतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ ।
पार्टीका संयोजक कमल प्रसाद चौलागाँईले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भन्दै अपिल गर्दै भने,‘निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उडाउने काम भएको छ, हामी यसको घोर भत्र्सना गर्दछौँँ।’
चौलागाईले अघि थपे,‘मुलुकमा जारी गतिरोध अन्त्यको लागि वर्तमान मुख्य राजनीतिक दलको सिण्डिकेट अन्त्य र समावेशिताको सिद्धान्तलाई लत्याउने काम भएको छ, धर्म र जातीयताको नाममा पश्चिमाहरूले जवरजस्त लादेका छन् र स्वायत्त प्रदेशको मुद्दा नेपालमा लादेर मुलुक बर्बाद बनाउने काम भारतले गरेको छ, नेपालको राजनीति र हाम्रो देशको समाजिक स्थिति वैदेशिक हस्तक्षेपबाट चलेको छ, हाम्रो पार्टी एकिकरणपछि निर्णायक राजनीतिक दलको रुपमा उभिन्छ।’
त्यस्तै नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले ३ प्रतिशत थे्रस होल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे । उनले भने,‘यो थ्रेस होल्डले जनताको मतलाई अपमान गर्छ, समावेशिताको धज्जि उडाउने काम भैरहेको छ, संविधानमै नभएको कानुन बनाएर साना पार्टीहरूको अस्तित्वि समाप्त पार्ने काम गरेको छ, हामी यसको घोर भत्र्सना गर्दछौं।’ कार्यक्रममा यूवराज सफलले थ्रेस होल्डको बिरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउदै भने,‘पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायत अन्य सैद्धान्तिक कुराहरूको बारेमा एकता महाधिवेशन पनि निर्णय गर्नेछौँ।’
पार्टी एकिकरण र थ्रेस होल्डको विषयमा बोल्दै सफलले भने,‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, नेकपा मालेका अध्यक्ष क्रमश चित्रबहादुर केसी र सिपि मैनाली लगायतलाई एकिकरणमा बाँधिएर मुख्य राजनीतिक दलको सिण्डिकेटको खारेजीमा एकजुट हुनको लागि अनुरोध गर्दछु, नत्र हामीले राम÷राम भन्न सक्छौँ तर काँध हाल्न सक्ने छैनौँ, कुनै दिन यी मुख्य दलको गुलाम भएर अस्तित्व गुमाउनुपर्ने हुनसक्छ।’
पार्टी एकिकरण कार्यक्रममा नेपालवादी पार्टीका अध्यक्ष जेएन घिमिरे, बहुजातीय समावेशी पार्टीका कार्यवाहक अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय पूर्नजागरण पार्टीका अध्यक्ष डिबी थापा, राष्ट्रिय मुक्ति आन्दोलनका सचिवालय सदस्य लक्ष्मिदक्त भट्ट लगायतका नेताहरूले आफ्ना कुराहरू राखेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अष्टोत्तरशत १०८ श्रीमद् भागवत पारायण ज्ञानमहायज्ञ महोत्सवको आयोजना हुँदै

१३ चैत्र २०७३, आईतवार १६:५९
सदरलाइनडटकम   १३ चैत, नेपालगन्ज   : आगामी चैत १६ गतेदेखि नेपालगन्जमा अष्टोत्तरशत १०८ श्रीमद् भागवत पारायण ज्ञान महायज्ञ महोत्सवको आयोजना हुने भएको छ ।आठदिनसम्म सञ्चालन हुने सो महोत्सव फुल्टेक्रा हडियाबाबा आश्रममा आयोजन ागर्न लागिएको तयारी समितिका संयोजक पशुपतिदयाल मिश्रले जानकारी दिए । विश्व शान्ति, राष्ट्र कल्याण र बाँकेको समृद्धि एवं पितृ […]