अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

१५ असार २०७३, बुधबार ०३:४९
 

tushar-kapoor-became-a-fatherबलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् ।

मुम्बईमा रहेको जसलोक हस्पिटलमा उनको बच्चा जन्मिएको थियो । ‘लक्ष्यको बुबा बन्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै उनले अब आफ्नो जीबनमा खुसीको बहार आउने बताए ।


परिवारमा नयाँ सदस्य थपिएको भन्दै तुषारका बुबा, आमा जितेन्द्र र शोभा कपुर उत्साहित छन् । ‘तुषारको बाबु बन्ने निर्णयले हामीलाई निकै खुसी बनाएको छ’ जितेन्द्रले भनेका छन्-‘आफ्नो जिम्मेवारी निर्वाहा गरेर तुषारले असल छोरा भएको पुष्टि गर्‍यो ।’

बलिउडमा कोख भाडामा लिएर बच्चा जन्माउने चलन निकै पुरानो हो । साहरुख खान, आमिर खान लगायतले यहि शैलि अपनाएका छन् । साहरुखका कान्छा छोरा अव्राहम सरोगेसी मार्फत जन्मिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै कुरा विर्सिएर मिले रोहित र अजय, बन्ने भयो ‘गोलमाल ४’

१५ असार २०७३, बुधबार ०३:४९
बलिउडमा नायक अजय देवगण र निर्देशक रोहित सेट्टीको जोडी सफल मानिन्छ । अजय र रोहितले मिलेर काम गरेका चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाएका छन् । तर, केहि बर्षदेखि यो जोडीविच असहमति बढेको थियो । रोहितले अजयलाई छाडेर नायक साहरुख खानलाई लिएर २ चलचित्र निर्माण गरे । यसपछि यी दुइको […]

सम्बन्धित