बाँकेमा गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

सदरलाइन संवाददाता १४ जेष्ठ २०८१, सोमबार १८:५१
 

कोहलपुर (बाँके)  : उखरमाउलो गर्मी बढेपछि बाँकेको कोहलपुरका बिद्यालयमा तीन दिन गर्मी बिदा दिइएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या आएपछि कोहलपुर नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव रामबहादुर हमालले जानकारी दिए ।


जेठ १६ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । बाँकेको तापक्रम अहिले ४१ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्र दिवशमा गरियो रक्तदान

१४ जेष्ठ २०८१, सोमबार १८:५१
नेपालगञ्जः गणतन्त्र दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रक्तदान कार्यक्रमको […]