बर्दियामा अवैध काठ बरामद

सदरलाइन संवाददाता २१ बैशाख २०८०, बिहीबार १३:३६
 

बर्दिया : सशस्त्र प्रहरी बलले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको सालको तीन गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक लिलबहादुर नेपालीको कमान्डमा सात जनाको टोलीले उक्त काठ बरामद गरेको हो ।

मधुवन नगरपालिका ९ धर्मवस्तीस्थित नेपाल भारत सिमानामा करिब १ लाख ३५ हजार मूल्यको ३० क्यूफिट काठ बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाले बताए ।


बरामद गरिएको उक्त काठ आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइएको उनले जनाए । तस्करले भारतबाट अवैधरुपमा चोरी गरी नेपालमा बिक्री गर्न ल्याएको आशंका प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बुद्ध जयन्ती मनाईंदै

२१ बैशाख २०८०, बिहीबार १३:३६
नेपालगञ्ज : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । शुक्रबार भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यो दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा मनाउँछन् । नेपालको लुम्बिनीमा २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा […]