लागुऔषध मुद्दामा फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता ११ फाल्गुन २०८०, शुक्रबार १८:१६
 

नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को ताज मो.राईनलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार, बाँके जिल्ला अदालतको मिति २०७९ मंसिर २६ गतेको फैसलाले लागु औषध ब्राउनसुगर मुद्दामा ८ महिना ९ दिन कैद जरिवाना तोकिएकोमा हाल सम्म फरार रहेका थिए ।

पक्राउ गरी थप कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक हजारबाट शुरु गरेको नर्सरी एक करोडसम्म पुग्यो

११ फाल्गुन २०८०, शुक्रबार १८:१६
नेपालगञ्ज : कोहलपुर नगरपालिका ३ मैटह्वाकी राजरानी थारुले नर्सरी ब्यवसाय गर्छिन् । भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर सौतेली दिदिको उपचारमा रकम सकिएपछि उनको परिवारको विचल्ली भएकै बेला उनले कोहलपुरस्थित एक एग्रोभेटबाट पाँच सय रुपैयाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौलाको विउ किनिन् । त्योसँगै उनले पाँच सय रुपैयाँमा […]