निकुञ्ज छेउछाउका बस्तीमा खेती जोगाउन रातभर जाग्राम

सदरलाइन संवाददाता १७ चैत्र २०७३, बिहीबार ०८:५४
 

रुद्र सुवेदी/सदरलाइन 
१७ चैत,नेपालगन्ज : हिउँदे खेती भित्र्याउने बेलामा निकुञ्जबाट आएका जंगली जनावरले खेती नोक्सानी गर्न थालेपछि निकुञ्ज छेउछाउका बस्तीमा रातभर जाग्राम बस्न बाध्य हुनु परेको छ । बाके राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तुले चिसापानी, कोहलपुर, महादेवपुरी, कचनापुर, खासकुस्माका निकुञ्ज छेउछाउका सर्वसाधारणले लगाएको खेतीबाली सखाप पार्न थालेपछि बालि जोगाउन सो ठाँउका स्थानीयबासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।
निकुञ्ज स्थापनासंगै वन्यजन्तु बृद्धि भएको कारण निकुञ्ज छेउछाउका बस्तीका जंगली जनवारहरु सर्वसाधारणको खेतसम्म आएर बालिनाली खाईदिने साथै घरपालुवा जनावर मारेर नोक्सानी गरेपछि सर्वसाधारण दिक्क भएका छन् ।
स्थानीय सामुदायिक वन र बाके राष्ट्रिय निकुञ्जबाट आउने बदेल, चित्तल, हात्ती लगायतका बन्यजन्तुले भित्र्याउने बेलाको गहु, मसुरो, चना, केराउ जस्ता बालिनालीमा नोक्सान गर्ने गरेको बाँके खासकुस्मा–९ का पदम ओलीले दुखेसो पोखे ।
उनले भने,–‘दुःख गरी लगाएको बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पारेको छ ।’ राती सुतेका बेला वन्यजन्तु आएर बालिनाली खाईदिने गरेकोले भित्र्याउने बेलाको बालि जोगाउनको लागि रातभर जाग्राम बस्नु परेको अर्का किसान होमबहादुर ओली बताउछन् । उनले भने–‘पहिला यस्तो हुन्थेन । अहिले निकुञ्जमा धेरै वन्यजन्तु भएका कारण घर–घर आउन थालेका छन् ।’ बाघ संरक्षणका लागि सरकारले बा“के निकुञ्ज स्थापना गरेको हो । जुन देश कै सबैभन्दा कान्छो निकुञ्ज पनि हो । तर, वन्यजन्तु रोक्नका लागि कुनै उपाय नअपनाएका कारण बालिनाली जंगली जनावरले स्थानीयको खेतमा आएर नोक्सान गर्ने गरेकोे ओलीले बताए । उनले क्षती भएको बालिनालीको क्षतीपुर्ती समेत नपाएको दुखेसो पोखेका छन् । ‘क्षतीपुर्ती दिने प्रक्रिया झण्झटिलो छ । त्यो पनि क्षति अनुसारको पाईदैन’– उनले भने ।
ढकेरी मध्यवर्ती वयस्थापन समितिका अध्यक्ष शिवकुमार रानाले बताए बन्यजन्तुको रोकथामका लागि तारबार गर्नका लागि पहल भइरहेको बताएका छन् । उनले झण्झटिलो प्रक्रियाका कारण किसानले समय मै क्षर्तीपुर्ती पाउन नसकेको पनि बताए । बालिनाली जोगाउन अहिले सर्वसाधारणहरु रातभर जाग्रम बस्न थालेका छन् । खेत मै बस्ने ठाउ“हरु बनाएर रातभर जाग्रम बस्न थालिएको स्थानीयबासिदा कबिन्द्र परियारले बताए ।
बाँके राष्ट्रिय निकुञ्जबाट निस्केका जंगली जनावरहरु किसानले भित्र्याउने तयारी गर्दै गर्दा हुलका हुल किसानको खेतबारीमा पसेर नोक्सानी गर्न थाले पनि किसनहरु आलोपालो गरी खेतबारीबाट जंगली जनावर धपाउने गरेको किसान ओलीले बताए ।
यसैबीच बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले निकुञ्ज आसपासका गाउबस्तीमा जंगली जनावर पसेर क्षेती पु¥याएको गुनासो आउने गरे पनि क्षतिपूर्ती नै माग्दै निवेदन निकुञ्जमा नआएको जानकारी दिए ।
उनले भने–‘घरपालुवा जनावर मारेको भन्दै निवेदन आउने गरेको छ । तर, बाली नोक्सानी ग¥यो वा भयो भनेर अहिलेसम्म कोही पनि आएको छैन् ।’ उनले निकुञ्ज छेउछाउका बस्तीहरुमा जंगली जनावरले बालि नष्ट पारेको निकुञ्जलाई जानकारी भएको कारणले यो वर्षदेखि क्षति न्यूनिकरण र रोकथामको लागि पहल गरिने जानकारी दिए ।

Next Post

रिपोर्टर्स क्लब नेपाल क्यानडा शाखा स्थापना, अध्यक्षमा गौतम

१७ चैत्र २०७३, बिहीबार ०८:५४
सदरलाइनडटकम   १७ चैत, टोरोन्टो, क्यानडा  : रिपोर्टर्स क्लब नेपालको अन्र्तराष्ट्रिय शाखा क्यानडाको टोरोन्टोमा आज भव्य कार्यक्रमका साथ उद्धघाट्न भएको छ । क्लबको स्थापना दिवस पारेर १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा क्लबका केन्द्रिय सभापति ऋषि धमलाले क्यानडामा समेत शाखा उद्ध्घाट्न गरेका हुन् । साताव्यापी क्यानडामा भ्रमणमा रहेका पत्रकार ऋषि धमलाले आज क्लबको […]